Advertisement

अर्थमन्त्रीले बोलाए शेयर बजारका लगानीकर्तालाई, के भने अर्थमन्त्री शर्माले ?

0 280

Advertisement

२८ मंसिर, काठमाडाैँ । शेयर बजारमा तिब्र गिरावट देखिएको भोलिपल्ट अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजार सुदृढीकरण कार्यदललाई अर्थ मन्त्रालयमा बोलाएर छलफल गरेका छन्। छलफलमा अर्थमन्त्री शर्माले कार्यदलले बुझाएका सबै बुँदाहरु जायज भएको भन्दै उक्त बुँदाहरु कार्यान्वयन गर्दै जाने बताए ।

कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले अर्थमन्त्री सकारात्मक देखिएको प्रतिक्रिया दिए । ‘आज भएको छलफलमा अर्थमन्त्री सकारात्मक देखिनु भएको छ,’ उनले भने, ‘लगानीकर्ताका मागका बारेमा अर्थमन्त्री गम्भिर हुनुभएको छ ।’

यसैगरी, अर्थमन्त्री शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सिइओ पनि छिट्टै नियुक्ति गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।

उनीहरुले ५८ बुँदे प्रतिवेदनमा रहेका बुँदाहरु कार्यान्वयन गर्नुपर्ने तथा ब्रोकरमार्फत मार्जिन कारोबार तत्काल सुरु गर्न माग गर्दै आएका छन्।

लगानीकर्ताहरुले ब्रोकरमार्फत मार्जिन कारोबार सुरु हुन नसकेको अवस्थामा केन्द्रीय बैंकले शेयर धितो कर्जामा ४-१२ करोडको सिमा राख्न नहुने माग समेत अघि सारेका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.