Advertisement

दाङमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै

0 405

Advertisement

२३ मंसिर, देउखुरी । सरकारले बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।

उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो । नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बिमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । अगामी असारसम्म जिल्लाका साढे दुई लाख नागरिकलाई बिमामा आवद्ध गराउने लक्ष्य छ ।

रु तीन हजार ५०० तिरेर बिमा गरेपछि वर्षभरमा रु एक लाखसम्म स्वास्थ्योपचार लिन सकिने व्यवस्था छ । ६ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य रु ७०० जम्मा गर्दै जाने र रु दुई लाखसम्मको बिमा रकम सरकारले उपलब्ध गराउने उल्लेख छ ।

द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा

घोराही उपमहानगरपालिका–१७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । वडा कार्यालयले बुधबारदेखि बिमा सुरु गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अनुसार जनआन्दोलनका घाइते, सहिद र बेपत्तापरिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको हो ।

वडा नं १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम अघि अगाडि बढाइएको उहाँको भनाइ छ ।

पहिलो चरणमा ३३ जनाको स्वास्थ्य बिमा गर्न लागिएको छ । सरकारको निर्देशन अनुसार ज्येष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्तिको परिवार, एचआइभी एड्स भएका व्यक्तिको परिवार, क्षयरोग भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.