Advertisement

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थद्धारा नेपाली काग्रेस केन्द्रिय सदस्यमा उमेदवारीको घोषणा

0 622

Advertisement

सन्जिब तिमल्सिना २१ मंसिर तनहुँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको ऐतिहासिक १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेदवारी दिने हुनुभएको छ । पन्थले अपाङ्गता तर्फ नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लाग्नुभएको हो । उहाँले एक एक विज्ञप्ति जारि गर्दै जन्मजातका साथै सशस्त्र द्वन्द, पटक–पटकका लोकतान्त्रिक जनआन्दोलनहरु, विनासकारी महाभुकम्प, विपद्, दुर्घटना, रोग जस्ता धेरै कारणहरुले अहिले नेपाली समाजमा अपाङ्गता भएका व्यक्तिहरुको संख्या ठूलो छ, र यो संख्यामा तिब्र गतिमा बढिरहेको छ । तपाई हामी जोसुकैरजुनसुकै समयमा अपाङ्गता हुन सक्ने जोखिमपूर्ण अवस्थावाट गुज्रिरहेका छौं भन्नुभएको छ ।

विज्ञप्तिमा अगाडि उहाँले कुनै पनि व्यक्ति अपाङ्गता हुनु पर्दा धेरै सपनाहरु टुटेका हुन्छन्, भरोसाहरु ढलेका हुन्छन् । तिनै टुटेका सपनाहरु जोड्ने मेरो अभियान निरन्तर र अथक छ । अपाङ्गता भएका ब्यक्तिहरुको भरोसा र अधिकार प्राप्तिको अभियान प्रभावकारी र सफल बनाउन अझै धेरै कार्य गर्नु बाँकी नै छ । शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनौ मुद्दा, सवालहरु अझै सम्बोधन र सुनिश्चित हुन सकेका छैनन् । संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । संविधान र मौलिक हकको सफल कार्यान्वयनका लागि अझैं धेरै र ठूलो संघर्ष गर्नुपर्ने परिस्थितिहरु खडा भएका छन ।

तमाम अपाङ्गता भएका व्यक्तिहरुको भोगाइ, अनुभव र सिकाइलाई अपाङ्गता अधिकार प्राप्तिको अभियानमा जोड्ने र राज्यको नीतिमा समेत समावेश गर्ने कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विगत २५ वर्ष देखी निरन्तर लड्दै आइरहेको छु । अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मानको लागि अपाङ्गता भएरै लड्दै आइरहँदा नेपाली कांग्रेस पार्टीका नेता कार्यकर्ताहरुको सदासर्वदा साथ सहयोग पाउदै आइरहेको पनि छु ।

अपाङ्गता भएका व्यक्तिहरुको आफ्नै कठिन भोगाइ र सिकाइहरुलाई नेपाली कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिको लड़ाईलाई टुङ्गोमा पु¥याउन पार्टी संगठनको नेतृत्वमा केहि कार्य शुरुवात भइसकेको छ र उक्त वाँकी कार्य सम्पन्न गर्न पार्टीको केन्द्रीय नेतृत्वमा पुग्नु अत्यावश्यक रहेको अवस्थामा लोकतन्त्रवादी, अपाङ्गता अभियान्ता र नेपाली कांग्रेसको कार्यकर्ताको हैसियतले यस १४ औं महाधिवेशनमा अपाङ्गता तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छु भन्नुभएको छ ।

शालिन, देश र जनताको लागि विभिन्न मुद्धाहरुमा निरन्तर आवाज उठाईरहनुभएका प्रकाश पन्थको उमेदवारीलाई आम कांग्रेसीहरुले सकारात्मकरुपमा लिएको तनहूँका एक महाधिवेशन प्रतिनिधिले बताउनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.