Advertisement

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

0 553

Advertisement

१९ मंसिर, काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार लिङ्देन १८४४ मत ल्याउनु भयो भने पराजित थापाले १६१७ मत ल्याउनु भएको छ । ४३१ मत बदर भएको बस्नेतको भनाइ छ । राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो ।

मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.