Advertisement

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा प्रदेश नेतृत्वका लागि आकांशी धेरै

0 221

Advertisement

१६ मंसिर, महेन्द्रनगर । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूलाई दिएअनुसार उहाँ बुधबार धनगढी आइपुग्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद, बद्री पाण्डे र वीरबहादुर बलायरलगायत नेता नेतृत्वका लागि उम्मेदवार छान्न सक्रिय हुनुहुन्छ । कांग्रेसको नेतृत्वका लागि पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुनजंगबहादुर सिंह र गोविन्द शाह, कैलालीका पूर्वसभापति नरनारायण शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा, भरत खड्का र युवा नेता पुष्प शाही आकांशी देखिनुभएको छ ।

प्रदेश सभापतिसँगै अन्य पदका उम्मेदवारले जिल्ला÷जिल्लाबाट आएका प्रतिनिधिलाई मत माग्नाका साथै सामाजिक सञ्जालको समेत प्रयोग गरेर आफ्नो पक्षमा मतदानका निम्ती आग्रह गरिरहनुभएको छ । प्रदेशसभाको निर्वाचन तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने भनिएको छ ।

सुदूरपश्चिममा १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट गरी ९७५ प्रतिनिधि छनोट भएका छन् । कैलाली र अछामबाहेक सात जिल्लाको कांग्रेसको जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.