Advertisement

सुनचाँदीको मूल्य घट्यो

0 676

Advertisement

१५ मंसिर, काठमाडाैँ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.