Advertisement

एक अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क

0 371

Advertisement

१५ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषमा रहेको एक अर्ब १० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । एक वर्षका लागि राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीमा सो रकम जम्मा गर्न लागेको हो ।

कुुल रकममध्ये वाणिज्य बैङ्कमा ८८ करोड ६१ लाख, राष्ट्रियस्तरका विकास बैङ्कमा १६ करोड ६१ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा पाँच करोड ५३ लाख रुपियाँ राष्ट्र बैङ्कले छुट्याएको छ । राष्ट्र बैङ्कले २०७८ मङ्सिर २९ देखि २०७९ मङ्सिर २९ गतेसम्म ३६६ दिन अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

निक्षेप रकम लिन चाहने बैङ्क तथा वित्तीय संस्थाले ब्याजदरसहितको आवेदन राष्ट्र बैङ्कमा बुझाउनुपर्ने मङ्गलबार जारी सर्कुुलरमा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्थाले मङ्सिर १७ गते दिउँसो १ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाएर राष्ट्र बैङ्कमा निवेदन दिनुपर्ने जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.