Advertisement

कांग्रेसको ५३ जिल्लाको परिणाम, पौडेल पक्ष २६, देउवा पक्ष २१, सिटौला र निधि एक एक

0 548

Advertisement

१३ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म ५३ जिल्लाको परिणाम आएको छ । जसमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा जीत हात पारेका छन् । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २१ जना सभापतिहरू निर्वाचित भएका छन् । पूर्वमहामन्त्री कृष्ण सिटौला निकट एक जना सभापति निर्वाचित भएका छन् भने उपसभापति बिमलेन्द्र निधि निकट एक जना सभापतिले जीत निकालेका छन् ।

सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् । तनुहँबाट निर्वाचित सभापति जीतप्रकाश आले पौडेल समुहमा नै रहेका छन् । आले र बर्तमान सभापति बैकुण्ठ न्यौपानेका बीचमा प्रतिष्पर्धा भएको थियो । आलेलाई देउवा पक्षका नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुप वाग्लेले सहयोग गरेका थिए । तर आलेले वरिष्ठ नेता पौडेललाई आफु पौडेलको पक्षमा रहने बचन दिएका छन् ।

शेरबहादुर देउवा पक्ष (संस्थापन)

१.शंकर गुरुङ – मनाङ
२. खडक बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमबीर गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल– ओखलढुंगा
१४. डा.टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही
१७. युवराज जोशी – पर्वत
१८. डम्बर खड्का – इलाम
१९. तीर्थ लामा – काभ्रे
२० पदम बोगटी – कञ्चनपुर
२१. खड्गबहादुर पोखरेल – सुर्खेत

रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

१. रोमी गौचन थकाली – मुस्ताङ
२. केशरमान रोका – रुकुमपूर्व
३. दीपक खड्का– संखुवासभा
४.नन्दप्रसाद न्यौपाने – गोरखा
५. विष्णु राई – खोटाङ
६.हिमालदत्त श्रेष्ठ –पाल्पा
७. राजु थापा – स्याङ्जा
८. किशोर आचार्य – रोल्पा
९. विष्णुकुमार गिरी – प्यूठान
१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११. विनोद बान्तवा – भोजपुर
१२. केशव श्रेष्ठ – अर्घाखाँची
१३. चतुरबहादुर चन्द – बैतडी
१४. बर्मा लामा – दोलखा
१५. अम्मबहादुर शाही – कालीकोट
१६. रामसिंह रावल – बाजुरा
१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)
१८. मणिराम रेग्मी – दैलेख
१९. शंकरप्रसाद डाँगी – दाङ
२०. रमेश महत – नुवाकोट
२१. सबुज कृष्ण बानियाँ – काठमाडौं
२२. रामनाथ अधिकारी – धादिङ
२३. खिलध्वज पन्थी – गुल्मी
२४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
२५. केदार भण्डारी – सुनसरी
२६. ललितसिंह बोहरा– दार्चुला

कृष्ण सिटौला पक्ष

१. देउमान थेवे – झापा
विमलेन्द्र निधि पक्ष
१. किशोर बराल
पक्षधरता नखुलाएका –
१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
२. वेदराज सिंह – जाजरकोट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.