Advertisement

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आह्वान

0 546

Advertisement

१० मंसिर, काठमाडौँ । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो

‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ ।

महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ ।

जिरीको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ, भने अधिकतम १६.६ पुग्ने आँकलन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम डिग्री सेल्सियस ३.६ र अधिकतम १६.७ रहने आँकलन गरिएकाे छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.