Advertisement

राप्रपाका अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

0 541

Advertisement

०९ मंसिर, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।

सांसद रहनुभएका नेता लिङ्देनले पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको आरोप समेत लगाउनुभयो ।

सोही कार्यक्रममा अर्का नेता धवलशम्शेर राणाले उक्त महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्दै मुलुकमा सुशासन र समृद्धि कायम गर्न अब युवा पुस्ता राजनीतिक दलका साथै सरकारको नेतृत्वमा आउन जरुरी रहेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहनुभएका उहाँले पुरानो पुस्ताले नेतृत्व छोड्न नचाहेका कारण युवा सक्षम र क्षमतावान भएर पनि समकालीन राजनीतिको नेतृत्वमा आउन नसकेको विचार व्यक्त गर्नुभयो । यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा राप्रपाको अधिवेशन हुँदैछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.