Advertisement

जल तथा माैसम पर्वानुमान महाशाखाका अनुसार आजकाे माैसम जानकारी

0 444

Advertisement

०८ मंसिर, काठमाडाैं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम पर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राती देशका पहाडी भू-भागहरुमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको माैसम विभागले जनाएकाे छ ।

देशका प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे साथै देशभर चिसो बढ्ने क्रममा समेत रहेकाेले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.