Advertisement

विश्वकै तीव्र गतिको विद्युतीय हवाइजहाज सार्वजनिक

0 559

Advertisement

०६ मंसीर, एजेन्सी । अटोमोबाइल कम्पनी रोल्स रोयल्सले विश्वकै तीव्र गतिको विद्युतीय हवाइजहाज बनाएको दाबी गरेको छ । ‘स्पिरिट अफ इनोभेसन’ नाम दिइएको यो हवाइजहाजको हालै सफल परीक्षण गरिएको छ ।

कम्पनीका अनुसार यसको अधिकतम गति ३८७.४ माइल प्रति घण्टा रहेको छ । रोल्स रोयल्सले हालै जारी गरेको विज्ञप्तिमा स्पिरिट अफ इनोभेसनले तीनवटा विश्व रेकर्ड राखेको दाबी पनि गरिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार नोभेम्बर १६ मा भएको परीक्षणमा उक्त हवाइजहाजले १.८ माइलको दूरी ३४५.४ माइल प्रति घण्टामा तय गरेको थियो, जबकि यो भन्दा अगाडिको रेकर्डमा १३२ माइल प्रति घण्टा रहेको छ ।

त्यसैगरी ९.३ माइलको रेकर्डमा यो हवाइजहाजले १८२ माइल प्रति घण्टालाई उछिनेर ३३० माइल प्रति घण्टामा सो दूरी पार गरेको थियो ।

यी दुई रेकर्डसँगै यो हवाईजहाजले २०२ सेकण्डमै ९,८४२.५ फिटको उचाइमा पुगेको कम्पनीको दाबी छ । यो हालको रेकर्डभन्दा ६० सेकेण्डले कम हो ।

यो हवाइजहाजमा ४०० किलोवाटको विद्युतीय पाउरट्रेन ब्याट्री प्रयोग भएको छ ।

बेलायती सरकार र एरोस्पेस टेक्नोलोजी इन्सटिच्युटको आर्थिक सहयोगमा इलेक्ट्रिफिकेसन अफ फ्लाइट (हवाई यात्राको विद्युतीयकरण) प्रोजेक्ट अन्तर्गत यो हवाईजहाज निर्माण गरिएको हो ।

कम्पनीले आफ्नो रेकर्ड वर्ल्ड एयर स्पोर्टस फेडेरेसनमा दर्ता गराउने तयारी रहेको बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.