Advertisement

विश्वका १०० मध्ये ९४ प्रदूषित सहर चीन, भारत र पाकिस्तानमा, वायु प्रदूषणका कारण विश्वमा बर्सेनि ७० लाख मानिसको मृत्यु

0 1,046

Advertisement

०६ मंसीर, अलजजिरा(एजेन्सी) । प्रत्येक वर्ष, भारतको राजधानी नयाँ दिल्लीलाई बाक्लो धुइरो (धुवाँ धुलो र अन्य प्रदूषणसहितको कुहिरो) ले ढाक्छ । गत साताको धुइरो दुई करोड बासिन्दाको लागि यति खराब भयो कि अधिकारीहरूले विद्यालयहरू बन्द गरे ।

मानिसहरूको फोक्सोलाई हानी गर्ने पीएम२.५ पार्टिकल्स (कणहरू) नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को स्वीकार्य तहभन्दा ३४ गुणा बढी छ । किसानहरूले पराल जलाउने भएकोले जाडो याममा वायु प्रदूषण झनै खराब हुन्छ ।

वायुको गुणस्तर कसरी नापिन्छ ?

वायुको गुणस्तर वायु प्रदूषक पीएम२.५, पीएम१०, ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, र कार्बन मोनोअक्साइडको स्तरबाट निर्धारण गरिन्छ । पार्टिकुलेट म्याटर (पीएम) मा स–साना कणहरू हुन्छन् जसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । पीएमहरू आकारमा भिन्न हुन्छन्, सबैभन्दा हानिकारक पीएम२.५ र पीएम१० हुन्, जसको व्यास क्रमशः २.५ माइक्रोमिटर र १० माइक्रोमिटर हुन्छ । मानव कपालको व्यास ५० देखि ७० माइक्रोमिटर हुन्छ ।

१२ भन्दा कम पीएम२.५ तहहरूलाई राम्रो, ५५ देखि १५० सम्म अस्वस्थ र २५० वा त्यो भन्दा माथि खतरनाक मानिन्छ ।

विश्वको सबैभन्दा प्रदूषित सहरहरू

एयर क्वालिटी ट्र्याकर आइक्वीएयरका अनुसार सन् २०२० मा, विश्वका सयमध्ये ४६ प्रदूषित सहरहरू भारतका थिए । त्यसपछि चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा ४, इन्डोनेसियामा र थाइल्यान्डमा मा १/१ प्रदूषित सहर थिए ।

शीर्ष दश प्रदूषित शहरहरूमा नौ ओटा भारतका थिए ।

पश्चिमी चीनको सिनझियाङको होटानमा सन् २०२० मा सबैभन्दा खराब औसत वायु गुणस्तर ११०.२ थियो ।

भारतको घातक प्रदूषण

ल्यान्सेटकाअनुसार सन् २०१९ मा भारतमा १६ लाख ७० हजार मृत्यु वायु प्रदूषणका कारण भएको थियो ।

ठोस इन्धनलाई वैकल्पिक इन्धनहरूले प्रतिस्थापन गर्दा सन् १९९० यता घरेलु वायु प्रदूषणका कारण हुने मृत्युमा कमी आएको छ भने परिवेशमा भएका पीएमसँग सम्बन्धित मृत्यु बढेको छ ।

भारतको सबैभन्दा प्रदूषित २० सहरमध्ये १५ उत्तरी क्षेत्रमा अवस्थित छन् । पराल जलाउँदा शरद र जाडो याममा प्रदूषण बढ्छ । सवारीसाधनको उत्सर्जन, उद्योग र जलिरहेको फोहोरले पनि पीएम२.५ र अन्य प्रदूषकहरूको उच्च स्तरमा योगदान पुर्‍याउँछन् ।

‘स्मोग टावर’ भनेको के हो ?

केही भारतीय र चिनियाँ सहरहरूले वायु प्रदूषणसँग जुध्न ‘स्मोग टावरहरू’ स्थापना गरेका छन् ।

भारतको सर्वोच्च अदालतको आदेशपछि नयाँ दिल्लीले दुई ओटा स्मोग टावर जडान गरेको छ । त्यसमध्ये एउटा व्यस्त किनमेल क्षेत्रमा छ ।

२० लाख डलरको २५ मिटर अग्लो टावरको ४० ओटा पंखाले प्रति सेकेन्ड एम हजार घनमिटर (३५ हजार क्यूबिक फिट) कणले भरिएको हावा लिन्छ र फिल्टरहरूमार्फत् पार गर्दछ ।

स्मोग टावरले एक किलोमिटर (०.६ माइल) व्यासार्ध (दायरा) भित्र काम गर्छ । यसले ५० प्रतिशतसम्म पीएम२.५ कम गर्ने मानिन्छ । तर, वास्तवमै स्मोग टावरहरू कत्तिको प्रभावकारी हुन्छन् भन्ने प्रश्न बाँकी नै छन् ।

वायु प्रदूषणको स्वास्थ्य असरहरू

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार वायु प्रदूषणको कारण बर्सेनि ७० लाख मानिसको मृत्यु हुन्छ । विश्वको ९० प्रतिशत भन्दा बढी जनसंख्या डब्ल्यूएचओको सीमाभन्दा बढी वायु प्रदूषण भएको क्षेत्रमा बसोबास गर्छन् ।

वायु प्रदूषण श्वासप्रस्वास सम्बन्धी अस्थामा, मधुमेह र मुटु रोग लगायत थुप्रै बिमारीसँग सम्बन्धित छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.