Advertisement

चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी

0 387

Advertisement

०३ मङ्सिर, मार्तडी । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ । चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ । हिमाली क्षेत्रमा चिसो बढेपछि विद्यालयको पढाइ प्रभावित बन्न थालेको छ । चिसो बढेसँगै विद्यालयको चौरमा विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्न थालिएको छ ।

यहाँको बडीमालिका नगरपालिका–९ ढम्कनेमा रहेको सरस्वती आधारभूत विद्यालय चिसो बढेपछि विद्यार्थीलाई आगो बालेर पढाइ सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा १६० जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आइरहेको बताउनुभयो । तीमध्ये १५० विपन्न विद्यार्थी पढ्ने गरेका छन् । उनीहरु जुत्ता, कपडा किन्न सक्दैनन्, हिउँ झैँ तुसारो पर्छ, चिसोले पठनपाठनमा समस्या भएपछि आगो बालेर पढाइ सुरु भइरहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो ।

चिसोले बालबालिकामा रुघा, ज्वरो आउने, विद्यार्थीका हात फुट्ने, गाला चर्किने समस्या देखिने गरेकाले विद्यार्थीको नियमित पढाइ हुन नसकेको धामीले राससलाई बताउनुभयो । विद्यालयमा मङ्सिरको पहिलो सातातिर हिउँ पर्ने सुरु हुन्छ, अहिले चिसो बढ्न थालेको छ । दसँैतिहारपछि विद्यालय सञ्चालन भएको र त्रैमासिक परीक्षा पनि आउन थालेकाले चिसो बढेको भए पनि पढाउनुपर्ने बाध्यता छ । त्यसैले विद्यालयको चौरमा आगो बालेर विद्यार्थीलाई अध्ययन गराउने गरेको प्रअ धामीको भनाइ छ ।

विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी राम्रोसँग लुगासमेत नलगाएर खाली खुट्टा आउने गरेका छन् । उनीहरुलाई चिसो छल्न न टोपी हुन्छ, न ज्याकेट ! चिसोमा पढाउने कार्य उनीहरुका लागि निकै कष्टकर हुने गरेको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा अधिकांश जनजातिका बालबालिका पढ्न आउँछन् । केही बालबालिका विद्यालयको पढाइ छोडेर चिसो छल्नका लागि आमाबुबासँग बेँसीतिर झरिसकेका छन् ।

वडाको पहलमा भवन शौचालय बन्ने भए पनि भवनभित्र पनि चिसो हुने गरेकाले जाडोको समयमा विद्यार्थी र शिक्षकलाई समस्या हुने गरेको विद्यालयका प्रअ धामीले बताउनुभयो । चिसोबाट बच्नका लागि फ्लर सेटिङ, पिफम, कार्पेट र वालमा बाल पेपर तथा एसिडिसी भएको भए पढाइ प्रभावित नहुने शिक्षकहरूले बताएका छन् ।

चिसो छल्नलाई विद्यार्थीका लागि टोपी, मोजा, ज्याकेट स्वेटरजस्ता न्यानो लुगाहरूको आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धामीले बताउनुभयो । विद्यालयमा हिउँ परेका बेलामा हिउँमै पढाइ हुने गरेको छ ।

शिक्षा समन्वय एकाइ बाजुराका अनुसार बाजुरामा २७१ विद्यालयमध्ये एक सय विद्यालय हिमाली क्षेत्रमा पर्छन् । चिसो मौसमका बेला जिल्लाका माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका केही विद्यालयमा पठनपाठनमा समस्या हुने गरेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.