Advertisement

व्यासका चौधवटै वडा कार्यालयको आफ्नै भवन

0 382

Advertisement

२८ कातिक, तनहुँ । तनहुँको जेठो र ठूलो नगरपालिकाको रुपमा परिचित व्यासनगरपालिका मातहतका चौध वटै वडा भाडामुक्त भएका छन् । व्यासनगरपालिका–१ को वडा कार्यालयको भवन निर्माण गरेर कामकाज हुन थालेपछि सबै वडा कार्यालय भाडामुक्त बनेका हुन् ।

वडा नं ६, १३ र १४ नंको भवन साविकको गाउँ विकास समितिको कार्यालयबाट र अन्य वडाको नयाँ भवन निर्माण गरिएको थियो । व्यास–१ को भवन नगरपालिकाबाट विनियोजित करिब रू ७० लाखको लागतमा निर्माण गरिएको थियो । स्थानीय छविजङग बंशी ठकुरीले करिब रु ४० लाख मूल्य बराबरको आठ आना जग्गा निःशुल्क उपलव्ध गराएपछि भवन निर्माणकार्य अघि बढाइएको थियो ।

नगरपालिकाको सहयोगमा जग्गा नभएका स्थानमा जग्गा खरिद र जग्गा भएका स्थानमा भवन निर्माण गरेर सबै वडालाई भाडामुक्त बनाइएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.