Advertisement

‘सेल्फ मेड’ अभिनेत्री कियारा आडवाणीले नवभारत टाइम्ससँग गरेको कुराकानी

0 808

Advertisement

२७ कात्तिक, मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणीलाई इन्डष्ट्रि ‘सेल्फ मेड’ अभिनेत्रीका रूपमा चिनिन्छ । गैरफिल्मी पृष्ठभूमिबाट आएकी कियाराको पहिलो चलचित्र ‘फग्ली’ बक्स अफिसमा असफल भए पनि आफ्नो मिहिनेत, लगनशीलता र प्रतिभाको बलमा उनले सफलताको नयाँ कथा लेखिन् ।

‘गुड न्यूज’, ‘गिल्टी’, ‘लस्ट स्टोरीज’, ‘इन्दु की जवानी’, र शेरशाह’ जस्ता चलचित्रमा महिलाको विविधरंगी पात्रपछि उनी चाँडै नै ‘भूल भूलैया २’, ‘जुग जुग जियो’, र ‘आरसी–१५’ मा देखिँदै छिन् । उनले नवभारत टाइम्ससँग करियर, सफलता, संघर्ष र परिवारको बारेमा गरेको कुराकानी :

आज फर्केर हेर्दा आफ्नो फिल्मी यात्रा कस्तो लाग्छ ?

सबैभन्दा पहिला त बलिउडमा आउने मौका मात्रै नभएर विविध भूमिका निभाउने अवसर पनि पाएकोमा म आभारी छु । मेरो अभिनय यात्रा धेरै उतारचढावबाट गुज्रिएको छ । मैले धेरै असफलता र रिजेक्सनहरू सहेँ, तर म तिनीहरूलाई मेरो यात्राको पाठको रूपमा मान्छु । ती तीता अनुभवहरूले मलाई बलियो बनायो, मैले बाटो पहिल्याउन सकेँ र मेरो छनोटहरूमा अडिग रहेँ ।

म सहमत छु कि मैले लिएका सबै निर्णयहरू सही भएनन्, यद्यपि त्यो मेरो लागि सिक्ने प्रक्रिया बन्यो । आज म आफ्नो करियरको जुन मुकाममा छु, त्यो निकै रोचक छ । किनभने, अभिनेत्रीको रूपमा निखारिएँ, चम्किएँ र अझै पनि मेरो खोज जारी छ ।

अभिनय क्षेत्रमा आउनुअघि तपाईं शिक्षिकाको काम गर्नुहुन्थ्यो भन्ने कुरा कतिको सत्य हो ?

तपाईं त्यसलाई पूर्ण रूपमा पढाउने काम भन्न सक्नु हुन्न । तर हो, मेरो पहिलो फिल्ममा काम गर्नुअघि, ६–८ महिनाका लागि म साना बालबालिकाहरूका लागि शिक्षक बनेको थिएँ ।

वास्तवमा त्यति बेला म अभिनय क्षेत्रमा संघर्ष गरिरहेकी थिएँ र अभिनयको कक्षाबाहेक अन्य कार्यशाला पनि लिइरहेकी थिएँ, त्यसैले मसँग थोरै समय थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.