Advertisement

मौलिक धार्मिक सम्प्रदायको सहृदयता सम्मेलन

0 643

Advertisement

२४ कात्तिक, काठमाडौं । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा सनातन वैदिक हिन्दू, बौद्ध, किराँत, बोन, जैन, शिख, प्रकृतिपूजकलगायत नेपालका मौलिक धार्मिक सम्प्रदायको सहृदयता सम्मेलन आयोजना गरिँदैछ ।

कात्तिक २५ गते बिहीबार झापा जिल्लाको बिर्तामोडमा राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन २०७८ को आयोजना गर्न लागिएको हो । समन्वय, सामञ्जस्य र सहृदयताको सम्बन्ध निर्माण गर्ने उद्देश्यले विसं २०७४ देखि प्रत्येक वर्ष राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आयोजना हुँदै आएको छ । यो सम्मेलन अघिल्ला वर्षमा काठमाडौँमा आयोजना गरिँदै आएकामा यो वर्षको कार्यक्रम पहिलोपटक मोफसलमा गर्न लागिएको हो ।

सम्मेलनको उद्घाटन नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराज र जरोकिलो महाअभियानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले गर्नुहुने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । सम्मेलनमा नेपालका मौलिक धार्मिक सम्प्रदाय सम्बद्ध गुरु, लामा, अध्येता, अभियानकर्मी आदिको सहभागिता रहनेछ ।

यस पटकको राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन जरो किलो प्रतिष्ठान नेपाल, राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल र सनातन धर्म महासङ्घ नेपालको आयोजनामा हुँदैछ । सहआयोजकका रूपमा सहृदयता समाज नेपाल र युगनिर्माण महिला समाज नेपाल रहेको जनाइएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.