Advertisement

भारतमा एकैदिनमा थप ११ हजार नयाँ सङ्क्रमित, २६६ को मृत्यु

0 457

Advertisement

२२ कातिक, भारत । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार २०४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ८२६ रहेको छ । यो सङ्ख्या २६२ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसको महामारीको प्रभाव सवैभन्दा धेरै केरला राज्यमा देखिएको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा पनि सात हजार १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.