Advertisement

छठपर्वमा श्रीसूर्यनारायणको महत्व !

0 1,053

Advertisement

२२ कात्तिक, काठमाडाैं । मिती २०७८ साल कार्तिक २४ गते बुधबार कार्तिकशुक्ल षष्ठि तिथी अपरान्ह : १ / ५८ बजेसम्म त्यस उप्रान्त सप्तमी तिथी आरम्भ भएको हुनाले छठपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्तगर्दछु र सूर्यनारायणको महत्व बुझौं !

छठपर्वको दिन भगवान श्रीसूर्यनारायणको पूजा गरि अस्ताउन लागेको सूर्यलाई अर्घ दिइन्छ।सर्वप्रथम भगवान नारायणबाट ब्रह्माजी अविर्भाव हुनुभयो। ब्रह्माजीको मनबाट मरिचिऋषि, मरिचिको पुत्र कश्यपऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वान् {सूर्य }को जन्म भएको हो।सूर्य सर्वप्रथम मृत {अचेतन }अण्डमा बस्नुभएकोले उहाँलाई मार्त्तण्ड भनिन्छ। त्यसपछी नारायण भगवान मृत अण्डमा प्रवेशगरि हिरण्यमय {ज्योतिर्मय }ब्रह्माण्डबाट प्रकट हुनुभएकोले उहाँलाई सूर्यनारायण ,हिरण्यगर्भ भनिन्छ। उहाँको विवाह विश्वकर्माकी पुत्री {छोरी }संज्ञासंग भएको थियो।उनीबाट छाँया {शनि },सावर्णि मनु नामका छोरा र तपती नामकी पुत्रीको जन्म भयो।

देवतिर्यङ्मनुष्याणां सरिसृपमृगवीरुधाम।
सर्वजीवनिकायानां सूर्य आत्मा दृगीश्वर ://

अर्थात् सूर्य देवता , तिर्यक , मनुष्य , सरीसृप ,लता -रुखहरुआदि जीवसमूहको आत्मा र आँखाको अधिष्ठाता हुनुहुन्छ। सूर्य भनेको प्रत्यक्ष देवता हुनुहुन्छ। किनकि अरु देवताहरुलाई बाहिरी आँखाले देख्न सकिन्न।तर श्री सूर्य भगवानलाई देख्न सकिन्छ।फेरि सूर्य “नारायण”को स्वरूप हुनुहुन्छ।किनकि उहाँलाई सूर्यनारायण भन्ने गरिन्छ। नारायणको स्वरुप भएको हुनाले हामीहरु उहाँलाई पूजा गर्दछौं।नौं ग्रह मध्ये सूर्य माझमा निवास गर्ने भएकोले उहाँलाई अधिपति{प्रमुख मालिक } मानिन्छ।भगवान सूर्यले आफ्नु ताप र प्रकाशले अन्धकारलाई स्वतश्फुर्त नाशगरी तिनैलोक स्वर्ग ,मर्त्य ,पाताल तताएर प्रकाशित गर्नुहुन्छ।

उहाँको ज्योतिर्मय रथले सवै ठाउँमा घुम्नु हुन्छ।बस्ने ठाउँ छत्तिस लाख योजन लामो र नौं लाख योजन चौंडाई छ।यसको जुवा छत्तिस लाख योजन लामो छ।सूर्य भगवानको अरुण नामको सारथिले गायत्रीको सातछन्द नामवाला सात घोडा जोतेर श्री सूर्यनारायणलाई लिएर संसार परिभ्रवण गर्दा बुढीऔंला बराबरको ओजस्वी , तेजस्वी वालखिल्यादि साठी हजार ऋषिहरुले स्वस्तिवाचन गर्नुहुन्छ।त्रेतायुगमा कपिराज सुग्रिव र द्वापरयुगमा कर्ण पनि सूर्यकै सन्तान हुन्। “य सूर्यं पूजयेन्नित्यं प्रणमद्वापि भक्तित :/तस्य योगं च मोक्षम् च ब्रध्नस्तुष्ट :प्रयच्छति।।” अर्थात् जसले नित्यरुपमा भक्तिपूर्वक सूर्यको पूजा र नमस्कार गर्ला त्यसलाई प्रसन्न भएका सूर्यले योग र मोक्ष प्रदान गर्दछन्।त्यसैले सूर्यको पूजा गर्नु जरुरि छ र वैदिकशास्त्रहरुले सूर्यलाई सृष्टिको प्रतीकको रुपमा लिएको पाइन्छ। शास्त्रअनुसार सूर्यका बाह्रवटा नाम छन्।त्यहि आधारमा बाह्रवटा महिनाहरू प्रचलनमा रहेकाछन। आकाशमा एउटै सूर्य उदाएपनि महिना अनुसार फरक – फरक हुन्छन।

“अरुणो माघमासेतु सूर्योवै फाल्गुने तथा,
चैत्रमासे तु वेदाङ्गो भानुर्वैशाख एव च।
ज्येष्ठमासे तापेदिन्द्र आषाढे टपटे रवि :,
गभस्ति :श्रावणेमासे यमो भाद्रपदे तथा।
सुवर्णरेताश्वयुजी कार्तिके च दिवाकर :,
इत्येते द्वादशादित्या मासनामान्यनुक्रमात्।

“अर्थात् माघमा उदाउने सूर्यको नाम अरुण ,फाल्गुनका सूर्य ,चैत्रका वेदाङ्ग ,बैशाखका भानु ,जेठ महिनाका इन्द्र ,असारका रवि ,श्रावणका गभस्ति ,भदौका यम ,असोजका सुवर्णरेता ,कार्तिकका दिवाकर ,मंसिरका मित्र र पुषमा विष्णु नामका सूर्य उदय हुन्छन। यसरि एक वर्षमा फरक – फरक नामका बाह्रवटा सूर्यहरु उदाएको हुनाले महिनाहरू बाह्रवटा भएका हुन्।

“दिव्यो गन्धर्वो भुवनस्य यस्पतिरेक एव नमस्यो विक्ष्विडय :/

अर्थात् सूर्यको अर्थ परमात्मा पनि हुन्छ। त्यसैले सूर्यलाई भगवानको रुपमा पृथ्वी आदि लोकमा पालनकर्ताकोरुपमा पूजा गरिन्छ।ऋषिहरुले सूर्यसम्वन्धि ऋग्वेद ,यजुर्वेद र सामवेदको मन्त्रद्वारा उहाँको स्तुति गर्नुहुन्छ। त्यहीबेला गन्धर्व उहाँको सुयशको गान गर्दैगर्दा अगाडी – अगाडी अप्सराहरु नृत्य गर्दै हिड्नुहुन्छ।उहाँको पूजा षोडोशोपचारले आँकको, कुशको, शमिको, करवीरको, रातो कमलको फूलद्वारा जसले गर्दछ भने उसलाई धर्म, अर्थ, काम र मोक्ष मिल्ने गर्दछ। यो पृथ्वीमा जो पतित र जुठोखाने मानिस समेत सूर्यको किरणको स्पर्शले पवित्र हुन्छ।यदि आइतबार सूर्यको संक्रान्ति तथा शुल्कपक्षको सप्तमी पर्योभाने त्यो दिन गरेको पूजा, व्रत,जप अक्षय हुनेछ। जसले

“आदित्याय बिध्महे भास्कराय धिमहि तन्नो भानु :प्रचोदयात् ”

भनि सूर्यको गायत्री जपी पूजा,जप ,स्तुति ,मुद्रा , अञ्जलिले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नम : स्वाहा ,ॐ विष्णवे नम :भनि हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्दछ।

के फल प्राप्त हुन्छ भन्दा जसले उदाउँदा ब्रह्मा ,मध्यान्नमा महेश्वर ,अस्ताउँदा विष्णु भनि पूजा र नमस्कार गर्दछ भने उसले चाहेको फल प्राप्त गर्दछ।रोग निको हुने गर्दछ। जो चाण्डाल ,पतित ,कोढी ,महापातकी ,दुखि ,दरिद्र ,शोकग्रस्त छ।उसले सूर्यको दर्शन र पूजागर्नाले सवै रोग हटेर आफ्नु पापबाट मुक्त हुनेछ।ब्रह्माजीले पनि सूर्यभगवानको स्तुति गाउनु भएको थियो भने हामी मनुष्यहरुले त नगाउने कुरै भएन। त्यसैले गोकर्ण , वालखिल्य ऋषि, शत्राजितआदिले पनि सूर्यको उपासना र स्तुति गाउनु भएको थियो।जसले गाउँदछ ,उसले भुक्ति र मुक्ति प्राप्त गर्दछ।

फेरि त्राटक नामक योगाभ्यासबाट सूर्यको उपस्थितिमा विश्वका हरेक भाग र ब्रह्माण्डको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।बिहानको घामबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ।छाला सम्बन्धि रोगमा आइतबार बिहान सूर्यलाई ७ /१२ अञ्जुलि पानी चढाए निको हुन्छ।राती नराम्रो सपना देखेमा वा तर्सने भएमा बिहान सूर्यको नाम जप्दै हिंडे पूर्णरुपमा छुटकारा मिल्दछ। त्यसैले सूर्यलाई परमात्मा ,सृष्टिका संरक्षक ,प्रकाशदाता भनिएको छ।एक चोटी श्रीकृष्णका छोरा शाम्बलाई कुष्टरोग लागेको थियो अनि त्यसबेला नारदको उपदेशले शाम्वले सूर्यको पूजा र उपासना गरेको हुनाले त्यो कुष्ट रोग निको भयो। त्यसैले सूर्यको पूजा ,उपासना गर्नु मानवको लागि जरुरि छ।त्यसपछि धौम्य ऋषिले राजा युधिष्ठिरलाई पनि सूर्यको उपासना र साधना बताएका थिए। जसले उदाउन लागेको सूर्यलाई र अस्तौन लागेको सूर्यलाई बिष्णुको रुप मानेर अर्घमा जल हालेर दिने गर्दछ त्यसले भुक्ति र मुक्ति प्राप्त गर्दछ।

– पण्डित बालमुकुन्द देवकोटा

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.