Advertisement

इजरायलद्वारा सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण

0 627

Advertisement

१९ कात्तिक, बेरुत । इजरायलले सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

बुधबार इजरायलले दमास्कस वरपरको क्षेत्रमा क्षेप्यास्त्रमार्फत हवाई हमला गरेको सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली सरकारी टेलिभिजनले जनाएको हो ।

इजरायली आक्रमणबाट सिरियामा भौतिक क्षति भएको समाचारमा उल्लेख गरिएको छ । तर, पछिल्लो क्षेप्यास्त्र हमलाबारे इजरायली अधिकारीले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

गत शनिबार पनि इजरायलले सिरियाली राजधानीबाहिरको क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको थियो । इजरायली क्षेप्यास्त्रलाई सिरियाली वायुरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो ।

यसअघि अक्टोबर १४ मा मध्य सिरियामा भएको हवाई हमलामा परी सरकारपक्षीय ९ जना लडाकू मारिएका थिए । इरान समर्थित समूहका अखडालाई लक्षित गरी उक्त हमला भएको बताइएको थियो ।

सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ ।

लेबनाली समूह हिजबुल्लाहजस्ता इरान समर्थित लडाकूका अखडा, सशस्त्र बाहन र केन्द्रलाई लक्षित गरी आफूले हमला गरेको इजरायलले स्वीकार्दै आएको छ ।

इजरायलले हिजबुल्लाहका लागि पठाइने सैन्य सामग्री बोकेका साधनमाथि समेत आक्रमण गर्दै आएको छ । एएफपी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.