४५ बिघा जग्गाको गाँजा खेती फडानी, ड्रोन उडाएर खिचियो तस्वीर
१६ कार्तिक, मकवानपुर । मकवानपुरमा प्रहरीले ४५ बिघा १० कठ्ठा जमिनमा गरिएको गाँजा खेती फडानी गरेको छ।
आइतबारदेखि मंगलबारसम्म मकवानपुरमा प्रहरीले ४५ बिघा जमिनको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गाँजा खेती नष्ट गर्ने अभियान नै चलाएर प्रहरीले यो काम गरेको बताएको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रूपमा प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा ७२ जनाको टोली खटिएको थियो।
सो टोलीले कैलाश गाउँपालिका वडा ९ स्थित गैरीखेत, खुमलटार, बेलटार, सागिनीमा गाँजा फडानी गरेको हो।
वडा नम्बर ४ अन्तर्गत बैठकडाँडा, तकुवा, आमडाँडा र वडा नम्बर १० को भालटारस्थित क्षेत्रमा गाँजा खेती फडानी गरी नष्ट गरिएको हो।
त्यसक्रममा प्रहरीले ड्रोनको प्रयोग गरी तस्वीरसमेत खिचेको छ।