Advertisement

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

0 350

Advertisement

१५ कातिक, चितवन । महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता भइसकेको जनाउँदै उहाँले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताउनुभयो । कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिनुभयो । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विवाद मिलाएर अगाडि बढ्नुपर्छ ।” न्यायपालिकालाई विवादमा मुछ्नु राम्रो नहुने उहाँका भनाइ थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.