Advertisement

५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जनाकाे मृत्यु

0 276

Advertisement

०९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ७७१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी दुई हजार २४९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६२२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३७२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार २९६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.