Advertisement

सर्वोच्च अदालतका न्यायाधीशहरुले सामूहिक रुपमा प्रधानन्यायाधीशलाई भेट्दै, राजीनामा माग्ने तयारी

0 288

Advertisement

०९ कार्तिक, काठमाडाैँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्दै छन्। मंगलबार सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई सामूहिक रुपमा भेट गर्न लागेका हुन्। 

सोमबार ‘इजलास बहिस्कार गरेर’ छलफल गरेका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश राणालाई विहान साढे ११ बजे भेट्न लागेका हुन्। प्रधानन्यायाधीश राणालाई भेटेरै ‘राजीनामा माग्ने’ समझदारी न्यायाधीशहरुको हिजोको छलफलमा जुटेको थियो। 

मन्त्रिपरिषद् विस्तारका क्रममा भागबण्डा खोजेको विषयले प्रधान्यायाधीश राणा थप अप्ठेरोमा पर्दै गएका छन्। सर्वोच्च अदालतका २१ जना न्यायाधीशमध्ये १४ जना न्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा छन्। 

सोमबार १३ जना न्यायाधीशहरु अलग्गै छलफलमा जुटेपछि प्रधानन्यायाधीश राणाले बोलाएको नेपाल बार एसोसिएशनसहितको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्न सकेको थिएन।

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ भने सर्वोच्च अदालत बार एसोसिएशनको बैठकले पनि राणाले पदबाट ‘तत्काल राजीनामा’ दिनुपर्ने निर्णय गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.