Advertisement

तत्काल राहतको व्यवस्था गरिनुपर्छ : वरिष्ठ नेता पौडेल

0 566

Advertisement

०७ कार्तिक, भजनी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ ।

कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको हो ।

“बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ”, उहाँले भन्नुभयो, “अहिलेका अवस्थामा तत्काल अल्पकालीन राहत र पछि योजनाका साथ दीर्घकालीन राहतको व्यवस्थाका लागि म सरकारसँग माग गर्दछु ।”

वरिष्ठ नेता पौडेलले कर्णाली र मोहना नदीका कारण टीकापुर उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानको बाटो खोज्नका लागि पनि सरकारसँग छलफल गर्ने बताउनुभयो ।

“कर्णाली र मोहना नदीलाई अहिलेको नयाँ डिजाइनबाट बाँध्न आवश्यक छ । त्यसका लागि विज्ञ टोली बनाएर अनुसन्धान गरिनुपर्छ”, उहाँले भन्नुभयो, “जबसम्म कर्णाली र मोहना नदीको समस्या समाधान हुँदैन, तबसम्म बाढी र डुबानको जोखिम कम हुने स्थिति पनि छैन ।”

वरिष्ठ नेता पौडेलले यही कात्तिक १ गतेदेखि आएको बाढीका कारण कैलालीको विभिन्न ठाउँमा भएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.