Advertisement

विकास निर्माणमा खेलाँची

0 461

Advertisement

०६ कात्तिक, जाजरकोट । तोकिएको मूल्यभन्दा निकै कममा ठेक्का लिई निर्धारित समयमा काम नगर्दा जिल्लाको विकास निर्माणको गतिमा अवरोध हुँदै आएको छ ।

अस्वास्थ्य प्रतिस्पर्धाका कारण कम अङ्क कबोलमा कामको जिम्मेवारी लिई बीचमा पन्छिने कार्यले गर्दा समस्या हुँदै आएको जानकारहरु बताउँछन् । विसं २०६५ बाट विकासको सुरुआत भएको जाजरकोटमा सुरुमा सडक निर्माणलाई मात्र पहिलो प्राथमिकता दिइएको थियो । सुर्खेतको राकमस्थित भेरी नदीको पुल १३ वर्षसम्म निर्माण नहुँदा धोका खाएका जाजरकोटमा राकमबाट जाजरकोट सदरमुकामसम्म १५ वर्षमा १२ पुल निर्माण भएका छन् ।

तोकिएको समयमा निर्माण नहुँदा यी पुल कम्तीमा पाँचपटकसम्म म्याद थपेर निर्माण गरिएका छन् । कालोपत्रको ठेक्का लिएका निर्माण व्यवसायीले कालोपत्र गरेको दुई वर्ष नबित्दै ठाउँठाउँमा प्वाल पर्नुका साथै दुर्घटनाको मूलजड नै सडक बन्दा २०० भन्दा धेरै मानिसको यही सडकमा अकालमै ज्यान गइसकेको छ । तीनवटा आर्थिक वर्षमा मात्र २८ जना जाजरकोटीको सडक दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।्

सदरमुकाम तथा मुख्य सडकमा मात्र नभई गाउँगाउँमा तोकिएको मापदण्डमा सडक निर्माण नगर्दा दैनिक दुर्घटना समाचार सार्वजानिक भइरहेका छन् । तीनवटा मुख्य सडक जाजरकोटकै भू–भाग भएर जान्छन् तर सबै तोकिएको मापदण्डमा निर्माण नहुँदा मान्छे मार्ने धराप बन्दै गएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

त्यस्तै खलङ्गा–पाँचकाटिया (२१ किमी) सडकमा समेत गुणस्तरहीन सडक निर्माण गर्दा पटक–पटक सर्वसाधारणले दुःख पाउने गरेका छन् । तोकिएको समयभनदा धैरुै ढिला ट्र्याक खुला भएको यस सडकमा रु २५ करोडभन्दा बढी खर्च भए पनि सडकको अवस्था सुधार हुनसकेको छैन । हिउँदयाममा मात्र हलुका सवारी गुड्ने गरेका छन् भने वर्षायाममा यो सडकमा पैदल हिँड्नै मुस्किल हुने गर्दछ । जाजरकोट–डोल्पा सडकखण्डभित्रका विभिन्न भागमा काम भइरहेको भए पनि सो सडक तोकिएको समयमा निर्धारण गरिएको भू–भागमा निर्माण हुनसकेको छैन ।

अहिलेसम्म खलङ्गा–रिम्नासम्म कालोपत्रको काम भइसक्नुपर्ने भए पनि एक मिटर कालोपत्र गरिएको छैन । कालोपत्रको कामसँगै ११ केभी विद्युत्को प्रसारण लाइन तीन वर्षअघि भइसक्नुपर्ने भए पनि अहिलेसम्म २० प्रतिशत पनि काम भएको छैन । खलङ्गा–कुशे–बारेकोट, जुनिचाँदे, शिवालय र नलगाडमा लिने भनिएको विद्युत्का लाइन निर्माण व्यवसायीले तीन वर्षदेखि काम नगरी बीचमै छोड्दा सर्वसाधाण आक्रोशित भएका छन् । राजनीतिक पहुँचकै कारण विकास निर्माणका काम तोकिएको समयमा नगर्ने तर एक ठाउँको रकम अर्को ठाउँमा लगाउने शैलीका कारण सर्वसाधारणले दुःख पाउँदै आएका छन् ।

तीन वर्षअघि निर्माण भइसक्नुपर्ने जाजरकोटका गाउँमा रहेका टेलिफोन टावर ७० प्रतिशत मात्र निर्माण भएका छन् भने अझै ३० प्रतिशत बाँकी रहेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । जाजरकोट खण्डको काम गर्न ढिलाइ हुँदा डोल्पाको विकास निर्माणमा समेत बाधा पुगेको छ । जिल्लामा करोडौँ बजेट आए पनि काम नहुँदा फ्रिज भएर जानुका साथै भएका कामसमेत धिमा गतिमा हुँदा जाजरकोटले विकासको गति पक्रन सकेको छैन ।

दुर्गम जिल्ला जाजरकोटमा कर्णाली १० जिल्लामध्ये स्वास्थ्य क्षेत्रमा ठूलो सुधार ल्याउने उद्देश्यले सदरमुकाममा ५० शश्याको भवन तथा अन्य काम भइरहेका छन् । पालिकास्तरमा निर्माण हुने भनिएका १० र १५ शश्याको स्वास्थ्य संस्थाको अहिलेसम्म जग नै हालिएको छैन । कत्तै जग्गा विवाद त कत्तै पालिकाले नै खेलाची गर्दा कामले गति नलिएको हो ।

सदरमुकामस्थित सडक निर्माण गर्दा मापदण्डविपरीत भएको भन्दै कुरा उठाउँदाउठाउँदै सडक डिभिजन चौरजहारीले भुक्तानी गर्दा वर्षेनी सदरमुकामवासीले दुःख व्यहोर्दै आएका छन््् । जुनिचाँदेको बड्कुलेमा निर्माण गर्न लागिएको स्वास्थ्य संस्थाको भवन नौ वर्षदेखि अलपत्र भएको छ । ठेकेदारले काम नगर्दा सो भवन अहिलेसम्म बनाएको जगमा समेत बोटबिरुवाले बास गरिसकेका छन् । सर्वसाधारणले दैनिक दुःख पाउँदा नेतृत्व गर्ने नेतालाई भारी गाली गर्छन् तर ठेकेदार जसले जति ताकेता गरे पनि सुने नसुनेझैँ गरी चुप लाग्ने गरेको नलगाड नगरपालिका–३ ललित विष्टले बताउनुभयो ।

त्यस्तै पश्चिम क्षेत्रको सडकको किल्ला मानिएको मोर्कखोलाको पुल १२ वर्षदेखि आधा काम भएको छ । अहिले भौतिक पूर्वाधार विकास कार्यालयले सो पुल निर्माण गर्दा केही विकास भएको छ । प्रदेश कार्यालयले निर्माणको जिम्मेवारी लिएका सडक, पुल र अन्य विकास निर्माणका कामले गति लिएको छ । सङ्घीय सरकारले सुरु गरेका काम तोकिएको समयमा काम नहुँदा सर्वसाधारणले दुःख पाइरहेका छन् ।

अधिकांश काम जिल्लाभित्रका निर्माण व्यवसायीले लिएका ठेक्काको काम नभएको पाइन्छ । जिल्लाको विकास निर्माण र ताकेका विषयमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय प्रमुखको बैठकमा समेत काम छिटो गर्नका लागि दबाब दिने होइन भने त्यस्ता कार्यालय प्रमुखको विकल्प खोज्ने बताएका थिए । मिलेमतोमा सबै काम गर्ने तर विकास निर्माणमा खेलवाड गर्ने छुट कसैलाई नभएको उहाँले बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.