Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतमा कोभिड-१९का १६,३२६ नयाँ सङ्क्रमितहरू थपिए

0 112

०६ कार्तिक, एजेन्सी । भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको सङ्ख्या ४५३,७०८ पुगेको छ।

सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी हालसम्म ३३,५३२,१२६ जना सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.