Advertisement

“टाेल टाेलमा मेयर” कार्यक्रममा सक्रिय कागेश्वरी मनोहराका मेयर थापा

0 1,215

Advertisement

लक्ष्मण फुयाल

०६ कात्तिक, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा टाेल टाेलमा मेयर” कार्यक्रममा मार्फत सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

मेयर थापाले आफ्नाो नगरपालिका भित्रका हरेक वडामा भएको विकास निर्माण तथा संचालन भईरहेकाे आयाेजना अनुगमन गर्नुका साथै आगामी दिनमा समाबेश गर्नुपर्ने याेजना र वडाबासीहरू संग भेटघाट छलफल कार्यक्रम सञ्चालन हुदै आएको छ ।

नगर प्रमुख थापाले हरेक महिनाको १ देखी ९ गते सम्म १ देखी ९ नं. वडामा भएका विकास निर्माणका कामहरु र आगामी दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा जनप्रतिनिधिहरु र टोलबासीहरुसंग छलफल गर्दै कमीकमजोरी हटाउदै यस नगरपालिकालाई नमूना नगरपालिका बनाउने लागिपरेको जानकारी डिजिटल खवरलाई दिनुभयो ।

टोल टोलमा मेयर कार्यक्रम कात्तिक १ बाट क्रमश वडा एक, दुई हुदै आज वडा ६मा कार्यक्रम सञ्चालन गरेको यस कागेश्वरी मनोहरा वडा नम्वर ६का वडा अध्यक्ष प्रकास फुयालले बताउनुभयो । यस अधि हरेक वडाका वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधी सहित स्थानीय व्यक्त्तिहरु संग छलफल कार्यक्रम सञ्चालन हुदै आएको फुयालले बताउनुभयो । यही अनुसार आज ६ गते हामीले आज तिवारी टोलमा यो कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

छलफल कार्यक्रम हरेक दिन ६ देखी ९ बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिनुभयो ।

नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन उद्धेय रहेको बताउनुभयो ।

मेयर थापाले नगरपालिका क्षेत्रका वडा ०१ का अध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा ०२ का अध्यक्ष सुदर्शन धिमाल, वडा ०३ का अध्यक्ष राममणी पुडासैनी, वडा ०४ का अध्यक्ष भाइकाजी अधिकारी , वडा ०५ का अध्यक्ष तथा नगर प्रवक्ता राजाराम पुडासैनी, वडा नम्वर ०६ का अध्यक्ष प्रकास फुयाल लगायत स्थानीय जनप्रतिनिधी बसेर तथा जनतासंग जनताको गुनासो सुन्ने तथा विकास निर्माण कार्यको अनुगमन कार्यक्रम भैसकेको छ । भने भोली वडा नम्वर ०७ को अध्यक्ष जीवन थापा सहित स्थानीय संग छलफल कार्यक्रम रहेको आयोजकले बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.




मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.