Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चीसोमा काश्मिरी माहुरीपालकको रोजाइ गङ्गानगर

0 57

१७ असाेज, एजेन्सी । जाडो महिना नजिकिँदै गर्दा अबिद हुसैनजस्ता काश्मिरी मौरीपालकहरू न्यानो मौसम, बढी मह उत्पादन र ठूलो पारिश्रमिकको खोजीमा दक्षिणतर्फको वार्षिक बसाइँसराइको तयारी थालेका छन् ।

हुसैनले हिमालय क्षेत्रबाट सयौं किलोमिटर टाढा राजस्थानको मरुभूमि राज्यमा मौरीहरू हालेर गाडी पठाउन तयारी गर्दा पाखुरा र अनुहारमा सुरक्षात्मक उपकरणले आफूलाई पूर्णतया ढाकेर सुरक्षा दिन्छन् । लाग्छ उनले आफ्नो परिचय नै फेर्न लागेका छन् । राजस्थानको थार मरुभूमिको छेउमा रहेको श्री गङ्गानगर वरिपरि राया र तोरीेको खेती गरिएको विशाल क्षेत्र (७५० किलोमिटर) मा आफूले ‘उपनिवेश’ खडा गरेर बसेको भान हुन्छ । तर यो राजनीतिक वा सामाजिक हैसियत स्थापनाका लागि भने होइन । उनी भन्छन्, “जाडो याममा काश्मिरमा प्राकृतिकलगायत सबै गतिविधि अवरूद्ध बन्छन् । राम्रो विकल्पमा अस्थायी बसाइँ सराइ नै किसानको रोजाइ बन्छ ।”

तिनका दर्जनौं सँगी माहुरीपालकहरू शरद् ऋतुमा तातो प्रान्तहरूसम्म पुग्न घुमाउरो पहाडी राजमार्गहरू र उत्तरी भारतीय मैदानहरू हुँदै यात्रा गर्छन् । यो क्रम काश्मिरमा मह उत्पादकहरूले जाडोमा माहुरीलाई बचाउन, माहुरीको लागि फूलहरू (खाना) को व्यवस्था गर्न सन् १९८० को दशकमा यात्रा गर्न थालिएको हो । उक्त समय जब जाडोमा देखिने एक प्रकारको रोगले स्थानीय जातका माहुरीलाई झन्डै सखाप पारेको थियो । पछि उनीहरूको प्रतिस्थापनमा हिमालयको चीसोमा धेरै संवेदनशील युरोपेली प्रजातिहरूद्वारा गरिएको थियो ।

अहिले हरेक वर्ष चीसो यामभर काश्मिरको दक्षिणी भागमा रहेको थार क्षेत्रमा प्रशस्त बालीहरूमा लाखौं मौरीहरू भुम्छन्, खाना खान्छन् र मह सङ्कलन गर्छन् अनि माहुरीपालकहरूको लागि धेरै मह उत्पादन गर्न मदत गर्छन् ।

करोडौँ माहुरीलाई श्री गङ्गानगर क्षेत्रमा पु¥्याउन हुसैनले गरेको श्रमको प्रतिफल उनले चीसो याममा एक घारबाट लगभग नौ हजार भारतीय रूपैया (करिब १२० अमेरिकी डलर) मह उत्पादन हुन्छ । मौरीहरूलाई चरणका लागि छोडिए तापनि रायोका कृषकहरू आफ्नो बालीलाई भावी बालीको लागि पराग–सेचन गर्न पाएकोमा खुसी हुनेगर्छन् ।

माहुरीपालकहरूका लागि वार्षिक तीर्थयात्रा तिनीहरूको जीबिकोपार्जनका लागि अत्यावश्यक भएको काश्मिरको कृषि विश्वविद्यालयका प्राध्यापक परवेज अहमद सोफीको बुझाइ छ । उनले भने, “बसाइँ सराइले मौरीहरूलाई कठोर मौसमबाट बचाउँछ, उनीहरूलाई फरक परिबेशमा सन्तान जन्माउन र मह उत्पादन गर्न मदत गर्छ।

माहुरीपालकहरूले दक्षिणमा यात्रा गरेनन् भने चार पटक मह काढ्नुको सट्टा वर्षमा दुई पटक मात्र मह काढ्छन् । फेब्रुअरीमा तापक्रम बढ्दै गएपछि हुसैनले आफ्नो उत्तर यात्रा सुरु गर्नेछन् । पाकिस्तानको सीमा नजिकैको प्राचीन शहर पठानकोटमा दुई महिनासम्म उनी र उनीजस्तै दर्जनौँ किसानहरूले काश्मिरको चीसोलाई छल्दै मह उत्पादन गर्ने गर्छन् ।

उनीहरूले फर्किनुपूर्व जमिन भाडामा लिने गर्छन् र अप्रिलको सुरुतिर लिचीका रूखहरूमा फूलहरू फुल्ने समय पर्खने गर्छन् । जसले गर्दा घर फर्कने अन्तिम यात्राअघि उनीहरूले अर्को एक पटक मह जम्मा गर्न सक्छन् ।

तर काश्मिर उपत्यकामा विश्वव्यापी तापक्रम वृद्धिसँगै यस क्षेत्रको तापक्रम बढिरहेको अधिकारीहरूको भनाइ छ । पछिल्ला दशकहरूमा तापक्रम वृद्धिका कारण आउने हिउँदे आँधी यहाँको वन्यजन्तुको लागि खतरा बनेको छ । गत वर्ष त्यहाँ झन्डै ७५० टन मह उत्पादन भएको थियो र विशेषज्ञहरूको भनाइअनुसार यस क्षेत्रले अझ बढी मह उत्पादन गर्न सक्छ । हालैका वर्षहरूमा आँधी, तातो हिउँद र अप्रत्याशित वर्षाले उत्पादनमा असर गरेको छ ।

हुसैनका अनुसार कश्मीरको बदलिँदो हावापानीले उनको आजीवनको लागि वार्षिक बसाइँ सराइलाई झन्–झन अत्यावश्यक बनाउँउन थालेको छ । उनले भने, “गर्मी मौसमले फूलनष्ट गर्न सक्छ र मौरीहरूले फूलको रस सङ्कलन गर्न सक्दैनन् । उनले थपे, पछिल्ला बर्षहरूमा धेरै गर्मी र अत्याधिक वर्षा भएको छ । दुबै मह उत्पादनका लागि प्रत्युत्पादक हुने गर्छन् । ´



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.