Advertisement

काँग्रेसले सार्वजनिक गर्‍यो थप तीन जिल्लाका क्रियाशील सदस्यको नामावली

0 778

Advertisement

१३ असाेज, काठमाडौं । नेपाली काँग्रेसले थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्ग्याएको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा अब काँग्रेस अधिवेशनको ढोका खुलेको छ । सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन सकेको छैन ।

यस्तै १४ औं महाधिवेशनमा सभापतिका दाबेदार तथा वर्तमान उपसभापति विमलेन्द्र निधिको गृहजिल्लामा पनि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यता विवादकै कारण पार्टी कार्यालय सानेपामा प्रदेश २ का खेलकुद वीरेन्द्रप्रसाद सिंह र सर्लाहीका बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोबीच कुटाकुट भएको थियो ।

क्रियाशील छानविन समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर एकमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट अधिवेशन गर्ने गरी नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ ।

कैलालीमा राप्रपाबाट काँग्रेसमा आएकाहरुको विषयमा पनि विवाद थियो । राप्रपाबाट काँग्रेस प्रवेश गरेका आमन्त्रित केन्द्रीय सदस्य आशाराम चौधरीलाई १२५ सदस्य दिइएको चौधरीले रातोपाटीलाई बताए ।

६४ जिल्लामा अधिवेशन प्रक्रिया सुरु भइसक्दा पनि १३ जिल्ला अधिवेशन रोकिएको छ । शनिबारमा महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको छ । अब पर्सा, बारा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी छ ।

सोमबार नेतात्रय कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकबीच भएको छलफलबाट सैद्धान्तिक सहमति भएको छ । क्रियाशील सदस्यता विवाद भएका वडामा कसरी टुंग्याउने भनेर उनीहरु प्रस्ट निर्देशन दिएका छन् । त्यसको कार्यान्वयन हुँदा विवाद टुंग्याउन समस्या नभएको चौधरीको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.