Advertisement

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

0 281

Advertisement

१३ आश्विन, डडेल्धुरा । दशैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ ।

संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो ।

निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दशैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा रु एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताउनुभयो । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई रु एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो ।

यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई रु एक हजार २१५ पर्ने उनले बताए । दैनिक चार/पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताउनुभयो । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ ।

ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उनको भनाइ छ । एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने थरेको उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.