Advertisement

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

0 751

Advertisement

१२ असाेज, जाजरकोट । यहाँबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य सेवा कार्यालयले रु ७५ लाखको अक्सिजन प्लान्ट खरिद गरेपछि जिल्ला अस्पतालमा अक्सिजनको समस्या हल भएको हो । नेपालगञ्जबाट अक्सिजन भरेर जिल्ला अस्पतालले सेवा प्रदान गरिँदै आएको अस्पलात विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारीदिनुभयोे ।

अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । जिल्ला अस्पताललाई ५० शय्याका रुपमा विकाससँगै नयाँ प्राविधि थप्ने क्रम जारीे छ । शय्या थपसँगै नयाँ भवन निर्माणाधीन छ । भवनमा समेत अर्को अक्सिजन प्लान्ट राख्ने डिजाइनमै भएकाले जिल्लामा अब दुईवटा प्लान्ट हुने जनाइएको छ । अहिले जडान भइरहेको प्लान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिन्डर भर्न सकिने कार्यालय प्रमुख टीकाराम जैसीले बताउनुभयो । यहाँ जडान गरिएको पलान्टले छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमका केही भागलाई समेत सहयोग पुग्ने जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.