Advertisement

अझै प्रयोगमा आएन बसपार्क

0 388

Advertisement

१२ असाेज, पाँचथर । पाँचथरको फिदिममा तीन वर्ष अघिबाट सञ्चालनमा आएको स्थायी बसपार्कको सदुपयोग हुन सकेको छैन् । व्यवस्थित संरचना निर्माण गर्दै नयाँ शहरको रुपमा विकास गर्ने योजनाका साथ सरकारी निकाय अगाडि बढेपनि निर्माण भएकै संरचना प्रयोगमा नआउँदा बजार क्षेत्र अस्तब्यस्त बन्ने गरेको छ । फिदिमको बजारी क्षेत्रको सवारी चापलाई नियन्त्रित र ब्यवस्थित गर्दै स्वच्छ, सफा र सुन्दर शहर निर्माणका लागि विगतमा बसपार्क निर्माण यहाँका सबै सरोकारवालाको साझा भावना थियो । २०७५ साल मङ्सीरबाट सञ्चालनमा आएको बसपार्कको अहिलेसम्म सदुपयोग हुन सकेको छैन् । बजार क्षेत्रमा सवारी चाप दिनानुदिन बढ्दै जाँदा ब्यवस्थापनमा चुनौति थपिँदै गएका छन् ।

अहिले लामो दुरीका सवारीका साधन पार्किङ तथा यात्रु चढाउने, उतार्ने काम समेत बजार क्षेत्रबाटै भइरहेको छ भने छोटो दुरीका सवारीका साधन प्रायजसो बसपार्क नै पुग्दैनन् । २०७१ र २०७५ साल गरी दुई पटक उद्घाटन गरिएको बसपार्क नियमित सञ्चालन नभएको जनाउँदै स्थानीयवासी चिन्तित छन् । स्थानीयवासीले सोमवार मात्रै फिदिम नगरपालिका सहित सम्वद्ध सरोकारवाला निकायहरुमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयवासी कमलराज नेम्वाङले भन्नुभयो, “एकातर्फ तीन वर्षअघि निर्माण पूरा भएको खाली छ, बसपार्कको सदुपयोग भएको छैन् । अर्कातर्फ बजार क्षेत्रमा जामले अस्तब्यस्तता बढाएको छ ।”

बसपार्क सञ्चालन नहुँदा सरकारी लगानी सदुपयोग नभएको, निःशुल्क जग्गा उपलब्ध गराएका स्थानीयवासी लाभ प्राप्त गर्न नसकेको तथा बजार क्षेत्रमा अस्तब्यस्तता बढेको छ । सरकारी लगानीको उपयोग गराउन तथा बजार क्षेत्रको समस्या हल गर्न प्रभावकारी रुपमा बसपार्क सञ्चालनमा ल्याउन आफूहरुले माग गरेको उहाँले बताउनुभयो । “स्थानीय सरकारले आफ्नो सम्पत्तिका रुपमा लिएर बसपार्कको प्रभावकारी सञ्चालन गराउनुपर्छ उहाँले भन्नुभयो, “यसमा स्थानीय सरकारको इच्छाशक्ति नभएको देखिन्छ ।”

सम्वद्ध निकाय भने बसपार्कको कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउँछ । यद्यपि तालुकदार निकायसँग स्पष्ट खाका नहुँदा बसपार्कको सञ्चालन र बजार क्षेत्रका समस्या समाधानमा मार्गचित्र स्पष्ट छैन् । फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले नगरपालिका स्थायी बसपार्कको प्रभावकारी सञ्चालनमा प्रतिवद्ध रहेपनि व्यवसायीले सहयोग नगरेको गुनासो गर्नुभयो । यातायात ब्यवसायी र फिदिम बजारका ब्यापारीहरुले नगरपालिकालाई साथ नदिएको भान भएको छ”, उहाले भन्नुभयो, अब सबै पक्षलाई राखेर एक पटक म छलफल गराउँछु । त्यहाँबाट निश्कर्ष निकालेर अगाडि बढ्ने योजना छ ।” पल्लोटारमा बसपार्क सञ्चालन हुँदैमा फिदिमको बजार नसर्ने र ब्यवसायीहरुलाई समस्या नपर्ने भएपनि मनाउन नसकिएको नगर प्रमुख नेम्वाङको भनाइ छ ।

विगतमा समेत बसपार्कको कार्यान्वयनका लागि पटक–पटक पहल भएका थिए । बसपार्कमा पार्किङ गर्ने तथा बसपार्कको बाटो हुँदै अगाडि बढ्ने लामो दुरीका सवारी साधनका चालकलाई स्वागत समेत गरिएको थियो । बसपार्क कार्यान्वयनका बल प्रयोग समेत भएको थियो । बजारबाट डेढ किलोमिटर टाढा रहेको बसपार्क सवारीका पार्किङ, सवारी साधनका यात्रुको किनमेल तथा बजारसँग सम्बन्धित कार्य गर्न तथा सवारी साधनका चालक तथा कामदारका आवश्यकता पूरा गर्न नसक्ने भएपछि नियमित सञ्चालन हुन सकिरहेको छैन् । विगतमा बसपार्कको बाटो प्रयोगलाई अनिवार्य गर्दा समेत यहाँ पार्किङ गर्ने सवारीको संख्या निकै न्यून हुने गरेको थियो ।

यात्रु तथा आफ्नो सहजताका लागि सवारी चालकले सवारीलाई बजार क्षेत्रमा पार्किङ गर्ने र बजार क्षेत्रबाट मानिस चढाउने तथा उतार्ने गरेका छन् । बढ्दो सुविधासँगै यात्रु बसपार्क पुगेर सवारीका साधन प्रयोग गर्न तयार नहुँदा ब्यवसायी तथा चालक चेपुवामा पर्ने गरेका छन् । बढ्दो मानवीय तथा सवारी साधनको चापलाई व्यवस्थित गर्न २०५१ सालबाट फिदिम–२, पल्लोटारमा स्थायी बसपार्क निर्माण थालिएको थियो । दश जना स्थानीयवासीले निःशुल्क प्रदान गरेको नौ रोपनी जमीनमा करीब रु. तीन करोड लगानीमा सुविधायुक्त बसपार्क निर्माण गरिएको छ ।

बसपार्कको प्रभावकारी सञ्चालन नहुँदा बजार क्षेत्रमा भने सवारी चाप बढ्दो छ । साँघुरो सडकमा मापदण्डविपरित हुने सवारी पार्किङ, लोड अनलोड तथा यात्रु चढाउने, उतार्ने कार्यले ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बन्ने गरेको छ । सबै पक्षको जोडबलले २० वर्षमा बनेको बसपार्क समेत कार्यान्वयन नहुँदा नयाँ शहरको रुपमा विकास गर्ने सरकारी लक्ष्यअनुसारका काम फिदिममा हुनेमा धेरैले शंका व्यक्त गर्ने गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.