Advertisement

पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपणको तयारी?

0 563

Advertisement

११ असोज, काठमाडौं । कलाकार पल्पसा डंगोलको स्वास्थमा केही सुधार आएको छ। स्वास्थ्यमा सुधार आएता पनि आफू मिर्गौला प्रत्यारोपणको पर्खाइमा रहेको पल्पसाले बताएकी छिन्।

परिवारबाट नै एकजनाले मिर्गौला दिने प्रक्रिया अगाडि बढिरहेको उनले बताइन्। ‘परिवारबाट नै एकजना मिर्गौला दिने व्यक्ती भेटिसकेका छौँ। मिर्गौला दिने र मेरो स्वास्थ्य परीक्षण भइसकेको छ। तर क्रस म्याच तिहारपछि मात्रै हुनेछ। साथै सरकारी कामहरु पनि बाँकी छन्। अस्पतालले तिहारपछि मात्रै मिर्गौला प्रत्यारोपण गर्ने भनेको छ’ उनले भनिन्।

पल्पसा अहिले घरमा नै आराम गरिरहेकी छिन्। सातामा दुईपटक डाइलासिस गर्न र सामान्य परीक्षणको लागि अस्पताल भने गइरहेको उनले जानकारी दिइन्। कुनै संस्थाले एकमुष्ठ रुपमा सहयोग गरेको खण्डमा स्वीकार गर्ने भएपनि व्यक्तिहरुबाट भने सहयोगको लागि अपिल नगर्ने पल्पसाले आग्रह गरेकी छिन्।

पाँच वर्षअघि पल्पसालाई पहिलोपटक मिर्गौलाको समस्या देखिएको थियो। तर, परिवारका कसैलाई पनि उनले यसबारे जानकारी दिइनन्। तर सास फेर्न गाह्रो भएपछि उनलाई गत जेठमा टिचिङ अस्पताल लगिएको थियो। त्यसपछि उनको दुबै मिर्गौला फेर्नु पर्ने चिकित्सकहरुले बताएका थिए। पल्पसालाई डेढ महिनाअघि नै अस्पतालले डिस्चार्ज गरेको थियो।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन्। विभिन्न फिल्म र टेलिसिरियलमा अभिनय गरिसकेकी डंगोलले टेलिसिरियल ‘दृष्टी’ पनि निर्माण गरेकी थिइन्।

सानैदेखि नृत्यमा रुचि राख्ने डंगोलले म्युजिक भिडियोहरू पनि अभिनय गरेकी छन्। साथै उनले नेपालको दोस्रो मिस नेपालमा उत्कृष्ट पहिरनको अवार्ड जितेकी थिइन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.