Advertisement

ईपीएल : विराटनगरविरुद्ध चितवनको रोमान्चक जित

0 437

Advertisement

१० असोज, काठमाडौं । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भएको रोमान्चक खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो ।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे ।

यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट भए ।

कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।

विराटनगरका सिकन्दर राजा र करण केसीले २/२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टिमको इनिङ्स उकासेका थिए । उनले ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।

यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । बिक्रम भुसालले ७ रन जोड्दा अनिल खरेल सुन्य रनमा अविजित रहे।

विराटनगरका रायन पाठनले ४, चन्द्रपाउल हेमराजले २, कप्तान करण केसीले १ रन जोडे । सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् ।

चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले २/२ विकेट लिए । शाहब आलमले १ विकेट लिए ।

यससँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । चितवन दोस्रो स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.