Advertisement

गाउँ तथा नगरपालिका अधिवेशनका अवसरमा शुभकामना

0 323

Advertisement

०९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि नयाँ चरणमा अवसरमा नेपाली कांग्रेसका सह-महामन्त्री
डा.प्रकाशशरण महतले गाउँ तथा नगरपालिका अधिवेशनका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि नयाँ चरणमा प्रवेश गरेको छ । वडा अधिवेशन सम्पन्न भएका ६४ वटा जिल्लाका गाउँ तथा नगरपालिका(महानगर र उपमहानगरसमेत)मा हुन गईरहेको अधिवेशनका अवसरमा म समस्त गाउँ तथा नगर प्रतिनिधि, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्रियाशील तथा साधारण सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य र नेपाली कांग्रेसका समर्थक एवम् शुभेच्छुकहरु सबैमा हार्दिक शुभकामना सह महामन्त्री महतले व्यक्त गर्नु भएको छ ।

क्रियाशील सदस्य, साधारण सदस्य, कार्यकर्ता र शुभेच्छुकहरुको व्यापक सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भएका वडा अधिवेशनले नेपाली कांग्रेसका सबै तहका नेता र कार्यकर्ताहरुमा अपूर्व उत्साह जगाएको छ । यसले नेपालमा प्रजातन्त्रको मियो र दियो नै नेपाली कांग्रेस भएको कुरा पुष्टि गरेको छ । २०७२ सालमा नयाँ संविधान जारी भएपछि दोस्रो पटक आयोजित महाधिवेशनका क्रममा तल्लो तहदेखि कार्यकर्ताहरुको व्यापक सहभागितामा रहेको उहाले भन्नुभयो ।

वडादेखि गाउँ तथा नगर अधिवेशनका क्रममा नेपाली कांग्रेसका समस्त कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुमा देखिएको उत्साह र सक्रियतालाई मैले नेपाली कांग्रेसको शक्ति र उज्वल भविष्यको संकेतको रुपमा लिएको छु । यसले हामी सबैलाई योग्य, दक्ष, अनुभवी, लगनशील, मिलनसार, कर्तब्यपरायण, कार्यकर्ता र नागरिकमुखी नेतृत्व चयन गरी आगामी निर्वाचनमा राज्यका तीनै तहमा नेपाली कांग्रेसलाई विजयी बनाएर वी.पी.कोइरालाले परिकल्पना गर्नुभए अनुरुपको समाज स्थापना गरी मुलुकलाई समृद्धिको मार्गमा लैजान झन प्रेरित गरेको छ । यसलाई मैले नेपाली कांग्रेसका सभापति तथा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले सार्नुभएको “बलियो कांग्रेस समृद्ध देश”को परिकल्पना साकार पार्ने अवसरका रुपमा पनि लिएको बताउनुभयो ।

म यस अवसरमा तल्लो तहदेखि जिम्मेवारी लिएर पार्टीमा सक्रिय भैरहनुभएका समस्त साथीहरुलाई गाउँ तथा नगर अधिवेशनमा उत्साहपूर्वक सहभागी भएर पूर्णं प्रजातान्त्रिक वातावरणमा स्वच्छ प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गरी त्यसका माध्यमबाट नागरिकहरुको सेवा गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाएर हाम्रा प्रतिनिधिहरुलाई जिम्मेवार ढंगले नागरिक सेवामा समर्पित गराउन निरन्तर क्रियाशील रहन पनि अनुरोध गर्दछु ।

गाउँ तथा नगर अधिवेशनको यस शुभ घडीमा म आफ्नो योग्यता, क्षमता, दक्षता, कार्य कुशलता, जोश, जाँगर सबै लगाएर उच्च जिम्मेवारीसहित मन, वचन र कर्मले पार्टीको संगठन निर्माणको लागि समर्पित हुँदै यहाँहरुको दुःख सुखमा सदैव साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । सदा झै यहाँहरुको सहयोग,समर्थन,सद्भाव र शुभेच्छा प्राप्त हुने विश्वास गरेको छु ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.