Advertisement

२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा

0 204

Advertisement

०७ असोज, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७÷७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो ।

सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू आवको पहिलो महिनामा कूल वस्तु निर्यात ११६ प्रतिशतले वृद्धि भई रु २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो ।

केन्द्रीय बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्पm क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै अलैँची, आयुर्वेदिक औषधि, जडीबुटी, तार, तयारी छालाका समानलगायत वस्तुको निर्यात घटेको छ ।

चालू आवको पहिलो महिनामा कूल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई रु एक खर्ब ५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुनलगायत वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाइजहाजका पार्टपुर्जा, तयारी पोशाकलगायत वस्तुको आयात घटेको छ ।

सो अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेक नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । कैलाली भन्सार कार्यालयबाहेक नाकाबाट भएको आयात वृद्धि भएको छ । गत साउनमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु नौ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.