Advertisement

झडपमा परी कम्तीमा पचासको मृत्यु

0 566

Advertisement

३१ भदौ दुबई । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छ ।

एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारी अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा एक उच्च सैनिक अधिकारी पनि रहनु भएको छ ।

एक कर्नेल, १९ सरकार समर्थक सैनिक, कम्तीमा ३० विद्रोही मारिएको सो स्रोतले जनाएको छ । सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा परी ३० विद्रोही मारिएको बताइएको छ

हुथी विद्रोहीहरुले मारिएका आफ्ना लडाकू संख्या कम मात्र बताएका थिए । तर कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दावी गरेको छ ।

इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरुमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.