Advertisement

यस्तो छ चाडपर्वलक्षित काठमाडौं प्रहरीको सुरक्षा योजना

0 1,331

Advertisement

३१ भदौ, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह।महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह।

महानगरीय प्रहरी परिसर काठमाडौंले दसैं-तिहार लगायत चाडपर्वलक्षित ‘विशेष’ सुरक्षा योजना बनाएको छ।

चाडपर्वको मुखमा प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि परिसरले काठमाडौंमा सुरक्षा योजना ल्याएको हो।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार असोज १ गतेदेखि लागू हुने गरी काठमाडौंमा चाडबाडलक्षित सुरक्षा योजना ल्याइएको छ।

यसपालि दसैं, तिहार र छठ पर्वसम्म ‘विशेष’ किसिमको सुरक्षा योजना ल्याइएको उनले बताए। हरेक वर्ष परिसरले काठमाडौंमा चाडबाडलक्षित सुरक्षा योजना ल्याउने गरेको छ।

अहिले ल्याइएको सुरक्षा योजनामा उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटिरहीत, भरपर्दो, विश्वसनीय र मजबुत बनाउनका लागि विभिन्न किसिमका सुरक्षा रणनीति तयार गरिएको उनले बताए।

सिंहका अनुसार चाडपर्वका लागि काठमाडौंमा ३ हजार २ सय ७१ सुरक्षाकर्मी खटाइएको छ।

त्यसमा प्रहरी परिचालनको वैज्ञानिक प्रयोग अबलम्बन गरिने सिंहले बताए।

उनका अनुसार चाडपर्वमा ६१ ठाउँमा पिकेट गस्ती, ६० वटा ठाउँमा बिहान बेलुका र दिउँसो पैदल गस्ती खटिने छन्।

यस्तै, बिहान र रातको समयमा ४८ वटा मोबाइल गस्ती, ३५ वटा साइकल गस्ती, ८३ वटा क्वीक रेस्पोन्स टिम, तत्काल परिचालन गर्न सकिने १५ वटाको छुट्टै टिम, सर्च एन्ड सिल अभियानका लागि ३०, एरिया सिल र सर्चका लागि ३०, एक्बुसिङ र निगरानीका लागि ३०, सिआरभी र क्रस चेकिङका लागि ४६ ठाउँमा प्रहरी परिचालन गरिने छ।

उनका अनुसार चेक प्वाइन्ट प्रत्येक दिन दिउँसो ३ देखि साँझ ६ बजेसम्म ३६ स्थानमा र राति ८ देखि १२ बजेसम्म ३६ स्थानमा राखिने छ।

यसैगरी, अति विशिष्ट व्यक्तिहरूको सवारी र कार्यक्रमको सुरक्षा व्यवस्थापन र सवारी साधनहरूमा पाकेटमार हुनसक्ने भनी विभिन्न रुटका सवारी साधनमा सादा पोशाकको प्रहरी परिचालन गरिने छ।

यस्तै, सार्वजानिक सवारी साधनमा महिला हिंसा हुन गर्न नदिनका लागि सेफ्टीपिन प्रहरी परिचालन गरिने छ।

‘चोरी नियन्त्रण, जुवातास नियन्त्रण, गुण्डागर्दी, अर्थिक कारोबार हुने स्थान, कालोबजारी, सपिङ महल, गहना पसल, दसैं बजार लगायतका ठाउँमा अपराध नियन्त्रण गर्नका लागि योजना ल्याइएको छ,’ उनले भने।

सिंहका अनुसार यात्रुहरूको सहजताका लागि बसपार्क, सेवाग्राहीहरूलाई विशेष सुविधा दिन काठमाडौंका ९ स्थानमा हेल्थ डेस्क स्थापना गरिने छ।

‘टोल-टोलमा माइकिङ गर्ने, पर्चा पम्लेटहरू वितरण गर्ने, चाडपर्व सुरक्षालाई प्रभावकारी बनाउन स्थानीयसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने योजना छ,’ उनले भने।

यसैगरी, काठमाडौंका मुख्य चोक, व्यापारिक केन्द्र, काठमाडौं प्रवेश गर्ने नाकामा सिसिटिभीबाट निगरानी गरिने सिंहले बताए। यो काममा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिने सिंहले जानकारी दिए।

यस्तै, मठ मन्दिर, गुम्बाहरूको सुरक्षा व्यवस्था मजबुद बनाइने, मिसावट, कालोबजारी नियन्त्रणमा बजार अनुगमन गरिने सिंहले बताए।

‘घर जाने यात्रुहरूलाई टिकट लिन सहज होस् भनेर नयाँ बसपार्क, कोटेश्वर, कलंकी, बल्खु, सुन्धारा र गौशालामा हेल्प डेक्स खडा गरिएको छ। यातायात व्यवस्थामा हुन सक्ने अनिमितता नियन्त्रणका लागि पनि प्रहरी परिचालन गरिएको छ,’ सिंहले भने।

यात्रु ठगिनबाट रोक्न, पटाका नियन्त्रण, सरकारी कार्यालयको सुरक्षा, पार्टी र तिनका भ्रातृ संगठनबाट हुने बन्द हड्ताल, यातायात अवरोध हुन नदिन प्रहरी परिचालन गरिएको उनले बताए।

साना हतियारको ओसारपसार नियन्त्रणका लागि उपत्यकाका सबै नाकामा कडा चेकजाँच गरिने सिंहले बताए।

‘आपराधिक गतिविधि नियन्त्रणका लागि विगतमा भएका र अहिले कार्यान्वयनमा ल्याइएका नयाँ अभ्यासहरू प्रयोग गरिने छ,’ सिंहले भने, ‘चाडबाडमा सबै नागरिकलाई शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउन सकिने गरी हामीले सुरक्षा योजना ल्याएका छौं।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.