Advertisement

पहिलो पटक १०० प्रतिशत जनताकाे पहुँचमा ब्रोडब्याण्ड इन्टरनेट

0 312

Advertisement

२६ भाद्र, काठमाडौं । ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पहिलो पटक १०० प्रतिशत जनतामा
नेपालमा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या पहिलो पटक १०० प्रतिशत नाघेको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असार महिनाको तथ्यांकअनुसार तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या १०२.४० प्रतिशत पुगेको हो ।

तथ्यांकअनुसार ब्रोडब्याण्डको प्रयोगकर्ता संख्या १०२.४० प्रतिशत पुर्याउनका लागि मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्डले सहयोग गरेको देखिन्छ।

रिपोर्टअनुसार फिक्स्ड ब्रोडब्याण्ड वायर्डका प्रयोगकर्ताहरुमध्ये असारमा एडीएसएलका ७, २८, ८३७, केबल एफटीटीएचतर्फ ७०, २७, १०७ र इन्टरनेट लिज लाइन तर्फ १,२३० गरी कुल ७७,५७, १७४ ग्राहक रहेका छन्।

यस्तै फिक्स्ड ब्रोडब्याण्ड वायरलेसतर्फ रेडियो वाइफाइका १,२१,३६६ तथा वाइम्याक्सका ९०, ५७८ प्रयोगकर्ता रहेका छन्।

त्यसैगरी मोबाइल ब्रोडब्याण्डको प्रयोगकर्ताहरुको सङ्ख्या थ्रीजी, फोरजी र ईभिडियोका गरी कुल २ करोड २९ लाख ८५ हजार २७ रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.