Advertisement

सडक अवरुद्ध हुँदा समस्या

0 597

Advertisement

२३ भदाै, पर्वत । धौलागिरि क्षेत्रका चार जिल्ला भित्रने मुख्य सडक विगत छ दिनदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा चार जिल्लामा भित्रने सबैजसो सामग्री बीचबाटोमै अलपत्र परेका छन् । सडक अवरुद्ध भएसँगै पर्वतसहितका धौलागिरि क्षेत्रका चार जिल्लाको स्वास्थ्य क्षेत्रमा समस्या देखिने भएको छ ।

कोभिड–१९ रोगको उपचारका लागि अत्यावश्यक मानिएको अक्सिजन ल्याउन अस्पतालमा समस्या परेको छ । पर्वत अस्पतालका अनुसार बाँकी अक्सिजन रित्तिदै जाने र अक्सिजन ल्याउन समस्या परेको छ । मुख्य सडक अवरुद्ध भएसँगै अक्सिनजको अभाव हुन नदिन अस्पतालले वैकल्पिक सडक प्रयोग गरेको छ ।

पर्वतको कुश्मादेखि भ्याप्लेसम्मको सडक खुले पनि भ्याप्ले खण्डमा ठूलो पहिरो गएका कारण सवारी आगमन अवरुद्ध छ । अक्सिजन पोखराबाट पर्वतमा आउँछ । अक्सिजनका सिलिण्डर कोभिड बिरामीको उपचार गर्दा रित्तिदै गएपछि कार्किनेटा–नौडाँडा सडक प्रयोग गरेर अक्सिजन ल्याउने तयारी भएको पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।

कोभिड–१९ रोगको उपचार गरिरहेको अस्पतालमा अहिले पनि कोभिड रोगका बिरामी उपचाररत छन् । पर्वतबाहेक म्याग्दी बागलुङमा पनि कोभिड रोगको उपचाररत बिरामी छन् । उनीहरुको उपचारका लागि पोखराबाट ल्याइने गरिएको अक्सिजन सडक अवरुद्ध हुँदा आउन सकेको छैन । अक्सिजन प्लान्टबाट हुने उत्पादनमात्र पर्याप्त नहुने हुँदा अक्सिजन सिलिण्डर ल्याउनुपर्ने अवस्था रहेको पहाडीले बताउनुभयो ।

अस्पतालले वैकल्पिक विधिमार्फत अक्सिजनको आपूर्ति गर्ने गरी तयारी गरे पनि यता सडक भने अझै केही समय नखुल्ने देखिएको छ । भ्याप्लेको पहिरो हटाउनका लागि बम विस्फोट गरिए पनि विस्फोट प्रभावकारी नभएको सुरक्षा प्रहरीले जनाएको छ । थप विस्फोटमार्फत पहिरो हटाउने गरी काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.