Advertisement

यौनिक तथा लैङ्गिक समस्या समाधान गर्न पहल गर्ने आश्वासन

0 777

Advertisement

२१ भदाै, काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घ नेपाल र निलहीरा समाजका प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्रीसँगको भेटमा आफूहरूका माग राखेको र मन्त्रीले समस्याको समाधान गर्न पहल गर्ने बताउनुभएको निलहीरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले बताउनुभयो । टोलीले गृहमन्त्रीसँग तेस्रो लिङ्गीलाई नागरिकता पाउन समस्या भइरहेकाले सहज बनाइदिन आग्रह गरेको थियो ।

त्यस्तै वैवाहिक समानता दिने विषयमा सरकारले समिति बनाएर तयार भएको प्रतिवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा थन्किएकाले त्यसलाई अगाडि बढाउन प्रतिनिधिले आग्रह गर्नुभएको थियो ।

अल्पसङ्ख्यकको परिभाषामा यौनिक तथा लैङ्गिक अल्यसङ्ख्यकलाई नसमेटिएको जनाउँदै उहाँहरूले मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै आफूहरूले जनगणनाका सन्दर्भमा आगामी आइतबार र सोमबार जिल्ला–जिल्लामा कार्यक्रम गर्न लागेको अवगत गराउँदै त्यसमा जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि आग्रह गरेको कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो । मन्त्री खाँणले टोलीको मागमा अवस्था के हो बुझेर समस्या समाधानका लागि पहल गर्ने बताउनभुएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.