सनराइज फस्ट म्युचुअल फण्डको प्रतिफल भदौ १५ गतेसम्मका इकाईधनीहरुले मात्र पाउने
१५ भदौ, काठमाडौं । सनराइज फस्ट म्युचुअल फण्डले प्रस्ताव गरेको ५० प्रतिशत प्रतिफल भदौ १५ गतेसम्म कायम इकाईधनीहरुले मात्र पाउने भएका छन् । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा भदौ १५ गतेसम्म कायम शेयरधनीहरु मात्र फण्डको प्रतिफल प्राप्त गर्न योग्य भएका हुन् । यस क्यापिटलले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
यस फण्डले ८ करोड ६० लाख इकाई विक्री गरेको हो । असार मसान्तसम्म यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १९ दशमलव २१ रहेको छ । यस अवधिसम्म फण्डले रू. ७६ करोड ८१ लाख २८ हजार नाफा गरेको छ ।