Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चिकित्सा शिक्षा स्नातक तहको ‘म्याचिङ’ भोलिदेखि सुरु हुँदै

0 162

१४ भदाै, काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई मंगलबार ((भोलि)देखि म्याचिङ सुरु गर्ने भएको छ ।

प्रवेश परीक्षामा प्राथमिकता क्रममा नाम निकालेका विद्यार्थीलाई भर्नामा प्राथमिकताका साथ शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न आयोगले म्याचिङ प्रणाली सुरु गर्न लागेको हो ।

आयोगले म्याचिङ प्रणाली १५ भदौ बिहान १० बजे देखि सुरु गरी आगामी २० भदौसम्म जारी रहने बताएको छ । म्याचिङका लागि स्वदेशी तथा विदेशी विद्यार्थीका लागि विभिन्न मापदण्ड अघि सारिएको छ ।

यता नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गराउने निजी कलेजहरुले कोटाभन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण गराएको भन्दै आयोगलाई ताला चावी लगेर बुझाएको छ । उसले यथास्थितिमा विद्यार्थी भर्ना लिन नसक्ने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.