सुनचाँदीको मूल्य सोमबार स्थीर
१४ भदाै, काठमाडाैँ । सुनचाँदीको मूल्य सोमबार नेपाली बजारमा स्थीर बनेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थीर बनेको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।
आइतबार प्रतितोला १० रुपैयाँले बढेर कारोबार भएको चाँदी पनि सोमबार रह्यो । आइतबार कायम भएको भाउमा नै सोमबार पनि चाँदीको कारोबार भैरहेको छ ।