Advertisement

सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका

0 1,169

Advertisement

१४ भदाै, गण्डकी । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।

सराङकोट धार्मिक एवं पर्यटन विकास समितिले निर्माण गरिरहेको भ्यूटावर र शिव मन्दिर आइतबार अवलोकनका क्रममा मन्त्री थापाले यस क्षेत्रमा पर्यटकको आकर्षण बढाउन निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासमा सरकार निजी क्षेत्रसँग समन्वय गर्दै अघि बढिरहेको छ भन्दै उहाँले निजी क्षेत्रको लगानी सुरक्षित हुनेगरी सहज नीति बनाउन स्थानीय निकायलाई आग्रह गर्नुभयो ।निर्माणाधीन भ्यूटावर र शिव मन्दिरका साथै जामुनेबोटमा स्थापना गरिएको शहीदपार्क पर्यटक भुलाउने अर्को एउटा स्थलका रुपमा रहेको मन्त्री थापाको भनाइ थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`




मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.