Advertisement

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम

0 937

Advertisement

०८ भदाै, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यसैसँगै भारतमा कुल सङ्क्रमितको संख्या तीन करोड २४ लाख ७४ हजार ७७३ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजारदेखि ४० हजारको बीचमा रहँदै आएकोमा अहिले २५ हजारको हाराहारीमा झरेको मङ्गलबार जनाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्या कम भएपछि भारतका कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख हुदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या १५६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३५ हजार ११० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ३५४ जनाको मृत्यु भएको हो ।

कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कुल ५० करोड ९३ लाखभन्दा बढीको परीक्षण भएको छ ।त्यसैगरी भारतमा अहिलेसम्म कुल ६३ करोड ८५ लाख भन्दा बढी डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.