Advertisement

अवैध लागूऔषध सहित ९ जना पक्राउ

0 1,115

Advertisement

०२ भदौ, काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब २.१ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१ बस्ने २ जना १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बा.५ ख ६०८८ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।


झापा, विर्तामोड नगरपालिका-५ जात्रुबारीबाट ३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका-१ चारपानेबाट ४ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ बस्ने देवी तामाङ र सोही नगरपालिका-५ बस्ने २१ वर्षीया सिता खतिवडा रहेका छन् ।


मोरङ, बेलबारी नगरपालिका-१० भाउन्ने चोकबाट नियन्त्रित लागूऔषध ७ सय पीस प्रमाडोल र ७ सय पीस स्पास्पेन सहित ३ जानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-१ का २४ वर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका-४ का २९ वर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका-४ का २९ वर्षीय बिशाल राई रहेका छन् ।

प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित झापाली होटलमा बसेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.