Advertisement

ग्लोबल एनआरएन सिंगिङ आइडलः यी हुन् उत्कृष्ट २५ प्रतिस्पर्धी (नामावलीसहित)

0 1,108

Advertisement

२८ साउन, दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका हुन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्येबाट ‘गाला राउन्ड’मा २५ जना पुगेका हुन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । ५ जना महिला र २० जना पुरुष उत्कृष्ट २५ मा पुगेका हुन् ।

२५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), देवकी न्यौपाने खत्री (युएई), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), अभिषेक भण्डारी (अष्ट्रेलिया), किशोर लम्साल (कतार), रञ्जीता गोदार (अष्ट्रेलिया) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), दीपेश सिग्देल (नर्वे), राधिकाकुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार), रेशु स्याङ्दान (बहराइन), निशान्तकुमार विश्वकर्मा (कतार) र अभिषेक लकान्द्री (अमेरिका) उत्कृष्ट २५ मा परेका छन् ।

ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनौट भएका थिए । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत् प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् ।

डिजिटल अडिसनमा ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।

एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको बताएका छन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

‘विदेशमा बसेर संगीत साधना गर्नु आफैमा चुनौतीपूर्ण’

गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसीका पूर्वअध्यक्ष भवन भट्टले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा सार्थक बनाउन पनि यस किसिमका कार्यक्रम प्रभावकारी हुने बताए ।

पूर्व अध्यक्ष भट्टले सबै प्रतियोगीहरूलाई शुभकामना दिँदै ग्लोबल एनआरएन सिंगिङ आइडलले नेपाली संगीतलाई देश बाहिरबाट पनि अघि बढाउन सकिने आधार प्रस्तुत भएको बताएका छन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायक उदय सोताङले विदेशमा संघर्ष गर्दै सांगीतिक जीवन अघि बढाउनु आफैमा चुनौतीपूर्ण रहेको बताएका छन् ।

उत्कृष्ट २५ को छनौटपछि गायक सोताङले ग्लोबल एनआरएन सिंगिङ आइडलले विश्वभरिका नेपाली युवाहरूमा उत्साह थपेको बताएका छन् ।

‘हामी चार जना निर्णायकबीच निकै लामो छलफलपछि उत्कृष्ट २५ जना छनौट गरिएको हो, धेरै प्रतिभाशाली युवा गायक–गायिका नेपाल बाहिर हुनुहुन्छ भन्ने पुष्टि यो कार्यक्रमबाट भएको छ,’ सोताङले भने ।

यसैगरी, गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले नेपाली प्रतिभाहरूको खोजीका लागि नै यो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

‘हाम्रो अपेक्षाअनुसार बृहत कार्यक्रम गर्न कोरोना प्रकोपका लागि सम्भव भएन, तर अहिले छनौट भएका प्रतिभाहरूको प्रस्तुतिले हामीलाई आगामी दिनमा अझै परिस्कृत ढंगले कार्यक्रम अघि बढाउनुपर्छ भन्ने उत्साह दिएको छ,’ गुरुङले भने ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.