Advertisement

दोस्रो तहका नेताहरुको दबाबका कारण अध्यक्ष ओली दबाबमा

0 575

Advertisement

२३ श्रावण, काठमाडौं । नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको दबाबका कारण एकताकोलागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै जना सकारात्मक देखिएका छन् । नेपाल समूहको हिजो र आज बसेको केन्द्रीय कमिटी बैठकले पनि एकताको लागि अधिकतम प्रयास गर्ने निश्कर्ष निकालेको छ ।

आजको बैठकलाई समापन गर्दै नेता नेपालले अध्यक्ष ओलीले जतिसुकै गाली गरेपनि आफू एकताको लागि लचिलो बन्ने बताएका थिए । साथै, एकताको लागि सबै नेताहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने पनि नेता नेपालको धारणा थियो । दिउँसोसम्म नेपाल पक्षधर नेताहरुले अहिलेको अवस्थामा ओलीसँग मिल्न नसकिने धारणा राखेका थिए । ओलीले माफी नमागेसम्म एकता नगर्ने निश्कर्ष निकालिएको मेटमणि चौधरीले सुनाएका थिए । तर, बैठक सम्पन्न भएपछि मिडियाकर्मीहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले भने एकताको लागि प्रयास जारी राख्ने निश्कर्ष निकालिएको सुनाएका थिए ।

पन्तले भने,‘आज ३५ जना केन्द्रीय सदस्यहरुले बोल्नुभयो । सबैले पार्टी एकतामा जोड दिनुभयो । यो बैठक सकिएपछि स्थायी कमिटी बैठक बस्यो । स्थायी कमिटी बैठकले केही प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लगियो । वरिष्ठ नेता माधव कुमार नेपालले समापन सम्बोधन गर्नुभयो । हामीले पनि आलोचना गर्दा जिम्मेवार बन्नुपर्छ भन्नुभयो । दक्षिणपन्थी विचारको विरुद्ध संघर्ष गर्दा एकताबद्ध भएर अघि बढ्नुपर्छ । केपी ओलीले मलाई जति नै गाली गरेपनि म अहिलेपनि पार्टी एकता होस भन्ने पक्षमा छु । एकताको लागि मेरो प्रयत्न जारी छ । केपीले हामीलाई अलमल्याउन खोजेको त होईन ?

भन्ने आशंका धेरै साथीहरुले गर्नुभएको छ, तर म त्यस्तो नहोला भन्ने गान्छु । एकतामा जोड दिन चाहन्छु ।’

खासगरी ओलीसँग नेता नेपाल बिच्किनुको कारण चाहीँ ओली आफैले एकताको लागि समान अधिकारसहित अध्यक्ष दिने प्रस्ताव गरेका थिए । अध्यक्ष ओलीनिकट नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलले ओलीको प्रस्ताव लिएर माधव नेपालकहाँ पुगेका थिए । उक्त प्रस्तावमा जेठ गते फर्किने, अध्यक्ष ओली बराबरको अधिकार नेता नेपाललाई दिईने र पार्टीका निर्णयहरुमा दुवै नेताको हस्ताक्षर हुने लगायत थिए ।

तर, नेम्वाङ र पौडेलले यस्तो प्रस्ताव लिएर गएको र यसमा नेपाल पनि सहमत भएको भोलिपल्टै अध्यक्ष ओलीले भने नेता नेपाललाई देशद्रोही र लाजशरम पचेको नेताको रुपमा चित्रण गरेका थिए । ओलीले नेता नेपाललाई गद्दारसमेत करार गरेका थिए । ओलीले एकातिर एकताको प्रस्ताव पठाउने र अर्कोतिर एकताविरोधी अभिव्यक्ति दिएकोले एकता प्रक्रियामा समस्या उत्पन्न भएको उनीििनकट नेताहरुको गुनासो छ ।

कतिसम्म भने पछिल्लो समय ओलीलाई उनको तर्फबाट दूत बनेर नेपालसँग वार्ता गरेका नेताहरु नेम्वाङ र पौडेलले समेत एकताको लागि यसअघि गरेको प्रतिबद्धता पूरा गर्न भनेका छन् । एकताको लागि गम्भीर बन्नको लागि उनीहरुले ओलीलाई आग्रह गरेका छन् । नेता नेपालले भने आफूनिकट नेताहरुलाई एकताको लागि साउन २४ गतेसम्मको बटमलाईन दिएको बुझिएको छ । उनले पार्टी एकताप्रति अध्यक्ष ओलीको पछिल्लो अवस्था के हो ? भनेर पनि नेताहरुलाई सोधेका छन् र त्यसको जवाफ कुरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.